बेन चिलवेल चेल्सीमा, पोर्चुगिज फ्रान्सिस्को बार्सिलोनामा

बेन चिलवेल चेल्सीमा, पोर्चुगिज फ्रान्सिस्को बार्सिलोनामा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ ११, २०७७

चेल्सीले लेस्टर सिटीका डिफेन्डर बेन चिलवेललाई क्लबमा ५ वर्षका लागि अनुबन्धित गरेको छ । चिलवेल ५० मिलियन पाउन्डमा चेल्सीमा आबद्ध भएका हुन् । 

चेल्सीले आगामी सिजनका लागि ३ जना खेलाडी अनुबन्धित गरिसकेको छ । चेल्सीले यसअघि टिमो वार्नर र हाकिम जियाचलाई क्लबमा अनुबन्ध गरिसकेको छ ।

चिलवेललाई अनुबन्ध गर्ने खेलाडीमा प्रशिक्षक फ्रान्क लाम्पार्डले प्राथमिकतामा राखेका थिए । म्यान्चेस्टर सिटीले पनि उनलाई अनुबन्ध गर्न चाहेको भएपनि चेल्सीले किनेको हो । 

चेल्सी बायर लिभरकुसेनका फरवार्ड काई हाभर्ट्ज र अनुभवी डिफेन्डर थियागो सिल्भालाई समेत अनुबन्ध गर्ने तयारीमा रहेपनि सम्झौतामा पुग्न बाँकी छ । 

यसैबीच पोर्चुगलका युवा स्ट्राइकर फ्रान्सिस्को ट्रिन्काओ स्पेनिस क्लब बार्सिलोनामा औपचारिक रुपमा आबद्ध भएका छन् । 

बार्सिलोनाले २० वर्षीय ट्रिन्काओलाई ३१ मिलियन युरोमा स्पोर्टिङ ब्रागाबाट अनुबन्ध गरेको हो । ५ वर्षे सम्झौतासँगै उनी आगामी सन् २०२४–२५ को सिजनको अन्त्यसम्म बार्सिलोनामा रहनेछन् ।