स्किजोफ्रेनिया रोगीलाई गरिने हेला र हेलचेक्र्याइँबाट निम्तिने गम्भीर परिणाम

स्किजोफ्रेनिया रोगीलाई गरिने हेला र हेलचेक्र्याइँबाट निम्तिने गम्भीर परिणाम

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  जीवनशैली  |  चैत्र ११, २०७५

स्किजोफ्रेनिया एक दीर्घ रूप लिने मानसिक असन्तुलन हो । उपचारपछि यो नियन्त्रणमा आएको हुन्छ । तर, रोग पूरै हराएको हुँदैन । यो अवस्थामा बिरामी तथा उनका अभिभावकले रोग पूरै निको भयो भनेर औषधी छाड्ने गरेको पाइन्छ, जसका कारण रोग पुनः बल्झिन्छ । 

रोग नियन्त्रणमा आएपश्चात् चिकित्सकले औषधीको मात्रा घटाउँदै जान्छन् । यसरी औषधी घटाउँदा पनि रोग नबल्झियोस् भनेर विशेष ख्याल राखिने गरिन्छ । कहिलेकाहीँ औषधी सेवन गर्दागर्दै पनि रोग बल्झिन सक्छ । यसको उपचार भनेको रोगलाई नियन्त्रणमा राख्नु र रोग उल्टिन नदिनु हो । यसको लागि बिरामी तथा उनका अभिभावकले यसका कारण तथा रोग पुनः उल्टिँदा देखिने लक्षण जानी राख्नु आवश्यक छ । 

स्किजोफ्रेनिया बल्झिन लाग्दा सर्वप्रथम बिरामीको बानी र व्यवहारमा परिवर्तन देखिन्छ । निद्रा नलाग्ने एकान्तमा वा एक्लै बस्न मन पराउने, व्यक्तिगत सर–सफाइमा कमी आउने र विचार तथा बोलीमा परिवर्तन देखिन्छ । त्यस्तै विभिन्न भ्रम पनि देखिन थाल्छन् । 

स्किजोफ्रेनिया हुँदैमा यौन इच्छा मर्दैन, यद्यपि, रोगले च्यापेको बेलामा केही परिवर्तन हुन सक्छ औषधीको प्रयोगले कतिपय बिरामीको यौन स्वास्थ्यमा खासै असर पार्दैन भने ती नै औषधीले कसैकसैको यौन स्वास्थ्यमा नकारात्मक असर पार्छ । यी असरमा यौन इच्छा घटाउने, लिंग उत्तेजना वा कडापन नभई चरम आनन्दको अनुभव गर्नमा कठिनाई र महिलाको योनीमा सुख्खापन आदि पर्छन् । यदि यो पक्षमा ध्यान नदिने हो भने यस्तो नकारात्मक असर परेका बिरामीले औषधी खान मान्दैनन् वा बीचैमा छाडिदिन्छन् । तसर्थ बिरामीको यौन इच्छामा केही फरक आएको छ कि भनी बुझ्नुपर्दछ । तर, यी असरहरू सबै बिरामीमा देखिँदैनन् । 

स्किजोफ्रेनिया बल्झिने मुख्य कारण 

 स्किजोफ्रेनिया बल्झिनु भनेको सबैको लागि दुःखद् घटना तथा समस्याको गहिराई बढ्नु हो । उपचारका विभिन्न पक्षमा केही अपुग हुनेबित्तिकै रोग बल्झिन सक्छ । तसर्थ, रोग फेरि नउल्टियोस् भनेर उचित ध्यान पुर्‍याउनुपर्छ र उल्टिहालेमा समयमै पत्ता लगाई उपयुक्त उपचार गर्नु उत्तम हुन्छ । यसको लागि बिरामी उनको परिवार तथा उपचारमा संलग्न चिकित्सक चनाखो हुनुपर्छ । 

बिरामीले आत्महत्या गर्ने सम्भावना

स्किजोफ्रेनियाका बिरामीले आत्महत्या गर्ने सम्भावना बढी हुन्छ । रोगका कारण उदास भएर वा मिथ्याभास भएर बिरामीमा ‘बाँच्नुभन्दा मर्नु निको’ भन्ने सोचाइ आउँछ । कहिलेकाहीँ आवेशमा आएर समेत आत्महत्या गर्न सक्छ । यसलाई रोक्न बिरामीले आत्महत्या गर्नुपूर्व के कस्ता लक्षण देखाउन सक्छ भनी जानी राख्नु राम्रो हुन्छ । 

लक्षणहरू

स्टिगल (Stigma) र स्किजोफ्रेनिया 

जब स्किजोफ्रेनियाका बिरामी विस्तारै निको हुँदै आउँछ, तिनीहरूलाई साधारण जीवनयापनको अवस्थामा फर्कन सामाजिक स्टिगलमा एउटा बाधकको रूपमा रहेको हुन्छ । मानिसहरूले उसलाई स्वीकार गर्न हिच्किचाउँछन् । ती बिरामीलाई साथीहरू, बसोबास गर्ने ठाउँ तथा पेशा वा जागिरसमेत पाउन गाह्रो हुन्छ । पुराना साथी तथा घरकै व्यक्तिहरूसमेत उसको उपस्थितिमा अप्ठ्यारो महसुस गर्छन् । कतिपय अवस्थामा सामाजिक कार्यबाटै अलग्याउँछन् । 

दिमाग बिग्रेको, असन्तुलन भएको, मानसिक रोग लागेको, बहुलाएको, पागल भएको आदि आक्षेप सहित बिरामीप्रति परिवार र समुदायले गर्ने छुट्टै किसिमको नकारात्मक व्यवहारले बिरामीलाई निको भएपछि पनि जिन्दगीभरका लागि दाग लागको अनुभव हुन्छ । समाज, पुराना मित्र तथा परिवारबाट नै देखाइने पक्षपातपूर्ण र नकारात्मक व्यवहारले यिनीहरूलाई दुःखित तुल्याएको हुन्छ । प्रायः डरहरू, जस्तैः रोगको डर, बिरामीसँगको डर, के हुने हो भन्ने डरबाट नै मानिसहरू विभिन्न प्रकारका अनुमान लगाउँछन् । कतिपयले यो कहिले पनि निको नै नहुने रोग हो भनी विश्वास लिएका हुन्छन् । यस्तै अज्ञानता, अन्धविश्वास र पूर्वाग्रहले स्टिगमा जन्मन्छ । यो बिरामीको निको हुने प्रक्रियामा घातक मानिन्छ । 

रोगबारे जनचेतना, स्वास्थ्य शिक्षा, मानसिक बिरामीलाई जुनसुकै कार्यबाट पनि अलग्याउने कानुनी प्रावधान हटाउनु, बिरामीलाई समुदायबाट नअलग्याइकन उपचार गर्नु समयमै रोगको पहिचान उपचार आदिले यी दाग वा धब्बालाई कम भने अवश्य गर्न सकिन्छ । 

मद्यपान वा लागू पदार्थको सेवनबाट बिरामीलाई पर्ने असर

स्किजोफ्रेनियाका बिरामीले रक्सी, गाँजा, चुरोट आदिको प्रयोग बढी गर्न खोज्छ । तर, यी पदार्थहरूको सेवनले एन्टिसाइकोटिक्स औषधीले रोगलाई नियन्त्रणमा ल्याउने असर कम गराउँछन् । तसर्थ, मद्यपान र लागूपदार्थको सेवन गर्नुहुँदैन । मदिरा पिउने वा लागूपदार्थको प्रयोग गर्ने बिरामीमा झगडा गर्ने वा कुटपिट गर्न अग्रसर हुने सम्भावना बढी हुन्छ । 

स्किजोफ्रेनिया र यौन स्वास्थ्य 

स्किजोफ्रेनियामा यौन समस्याहरू देखिन सक्छन् । यौन समस्या देखिनुमा मुख्यतः रोगका कारण रोग लागेको व्यक्तिलाई श्रीमान्, श्रीमती, परिवार वा समाजले गर्ने नकारात्मक व्यवहारका कारण वा उपचारमा प्रयोग गरिएका औषधीको साइडइफेक्टका कारण देखिन्छन् ।

स्किजोफ्रेनिया हुँदैमा यौन इच्छा मर्दैन, यद्यपि, रोगले च्यापेको बेलामा केही परिवर्तन हुन सक्छ औषधीको प्रयोगले कतिपय बिरामीको यौन स्वास्थ्यमा खासै असर पार्दैन भने ती नै औषधीले कसैकसैको यौन स्वास्थ्यमा नकारात्मक असर पार्छ । यी असरमा यौन इच्छा घटाउने, लिंग उत्तेजना वा कडापन नभई चरम आनन्दको अनुभव गर्नमा कठिनाई र महिलाको योनीमा सुख्खापन आदि पर्छन् । यदि यो पक्षमा ध्यान नदिने हो भने यस्तो नकारात्मक असर परेका बिरामीले औषधी खान मान्दैनन् वा बीचैमा छाडिदिन्छन् । तसर्थ बिरामीको यौन इच्छामा केही फरक आएको छ कि भनी बुझ्नुपर्दछ । तर, यी असरहरू सबै बिरामीमा देखिँदैनन् । 

यदि कुनै बिरामीलाई यस्तो समस्या आएमा सम्बन्धित चिकित्सकसँग सरसल्लाह गरी औषधीको मात्रा घटाउने वा अर्को औषधी बस्ने आदि गर्न सकिन्छ । यो समस्यालाई लुकाएर बस्न हुँदैन उपचार गरेर बिसेक भएका बिरामीले यौन सम्बन्ध पहिले जस्तै राख्न सक्ने हुनुले रोग नियन्त्रणमा आएको जनाउँछ र यस्तो सम्बन्धले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई पनि प्रगाढ गर्न सहयोग पु¥याउँछ । 
स्किजोफ्रेनियामा दिइने औषधीले केही महिलामा स्तनबाट दूध आउने र महिनावारी रोकिने हुन सक्छ । यस्तो भएमा औषधी फेर्नुपर्ने हुन सक्छ । 

स्किजोफ्रेनिया र गर्धधारण

स्किजोफ्रेनिया पीडित महिलालाई गर्भवती हुन वा बच्चा पाउन अप्ठ्यारो हुन्छ । गर्भवती महिलालाई पनि औषधी रोक्नु वा बन्द गर्नु ठिक हुँदैन किनकि रोग उल्टिने डर हुन्छ । फेरि औषधी खाँदै रहँदा गर्भको बच्चालाई नराम्रो असर पर्न सक्छ । कथम् कदाचित बच्चा जन्मेको बेलासम्म बिरामीको अवस्था ठिक भए पनि बच्चा जन्मेको ६ हप्ताभित्र रोग बल्झिने धेरै सम्भावना हुन्छ । यस्तो भएमा नवजात शिशुको स्याहार सुसार र आमा शिशुबीच हुनुपर्ने सम्बन्ध हुन सक्दैन । फेरि रोग बल्झिएपछि पहिले जस्तै नियन्त्रणको अवस्थामा आउन कठिन हुन्छ । 

बच्चालाई जन्म दिनु र शिशुको स्याहार गर्नु स्किजोफ्रेनिया भएकी महिलालाई तनाव दिने र रोग बढाउन मद्दत गर्ने अवस्था हो । फेरि बच्चालाई जन्म दिएपछि बच्चाको आवश्यकता, रुवाइ, बच्चालाई चाहिने माया ममता आदिमा यिनीहरू राम्रो ध्यान पुर्‍याउन सक्दैनन् । त्यसैले यस्ता महिलाले बच्चा नजन्माउनु नै श्रेयस्कर हुन्छ  । 

तैपनि गर्भ रहिहालेमा औषधी सेवन गर्न छाड्नु हुँदैन । बिरामी र उनका परिवारले बच्चा जन्माउने निर्णय गर्छन् भने बिरामीलाई सहयोग हुने र तनाव घटाउने तरिका अवलम्बन गर्नुपर्छ । बच्चा जन्मेपछि रोग नबल्झियोस् भनी विशेष सर्तकताका साथ औषधी सेन गराइराख्नु उचित हुन्छ । बच्चाको स्याहार सुसार आदिमा परिवारका अन्य सदस्यले सहयोग गर्नुपर्छ । 

याे पनि

स्किजोफ्रेनियाको लक्षण, पहिचान र निदान

स्किजोफ्रेनिया पूर्वजन्मको पाप वा भूतप्रेत लागेर हुँदैन

स्किजोफ्रेनियाका बिरामीको उपचार अघि र पछि समुदाय र परिवारले अपनाउनुपर्ने सावधानी