श्रीमान फरार भएपछि आमा छोरी भारतमा अलपत्र

श्रीमान फरार भएपछि आमा छोरी भारतमा अलपत्र

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ ११, २०७७

काठमाडौं । नेपालको कापिलबस्तु घर भएका सागर नामले चिनिने  ढकानन्द पल्ली मगरले कन्चनपुरको बेलौरी घर भएकी धर्मपत्नी गिता सिंह र एक छोरीलाइ भारतको फरिदावादमा छोडी अचानक फरार भएका छन् । 

श्रीमती गिताका अनुसार एक हप्ता पहिले उहाँको श्रीमान सागर पल्ली मगर अचानक आफुसंग कुनै खबर  सल्लाह नगरी आफ्नो नेपाल र भारतका प्रमाणपत्र घरमा भएको नगद, बैंकमा भएको पैसा, र अन्य चिनेजानेका साथीहरूसंग समेत उधारो मागेर कम्तीमा ५८ हजार भारतीय रुपैया संकलन गरी फरार हुनुभएको हो । 

श्रीमान अचानक फरार भएपछि उहाँको र ४ वर्षे छोरीको जीवन भारतको सडकमा बेसहारा भएर बितेको छ । उहाँ स्वयं पनि ४ वर्षको उमेरमा अनाथ भएपछि उहाँको पालन पोषण भारत फरिदावाद निवासी उहाँको सानी आमा र सानो बुबाले गर्नुभएको थियो । फरिदावादमै फास्टफुडको काम गर्दै आएका सागरसँग उहाँको सन् २०१४ मा उहाँले प्रेम विवाह गर्नुभएको हो । 

आफ्ना फरार श्रीमानलाइ कोही कसैले कतै देखेमा निम्न नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनुहुन उहाँको आग्रह रहेको छ ।

गिता सिंह पल्ली मगर 
सेक्टर ३ फरिदावद 
फोन नं ।  ००९१७०४८९६३६३४  सानी आमा ९१८५९५९९९२७५