आइपिएलको दोस्रो दिन यस्तो रहयो

आइपिएलको दोस्रो दिन यस्तो रहयो

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र ११, २०७५

काठमाडौं । जारी बाह्रौं आइपिएलको आफ्नो पहिलो म्याचमा मुम्बई  इंडियन्सले पराजय व्योहोरेको छ । यसैगरि दोस्रो खेलमा कोलकाताको टीमले भने आफ्नो सुरुवात विजयबाट गरेको छ । 

आइपिएल प्रतियोगिताको दोस्रो दिन दुईवटा म्याच खेलिए । पहिलो म्याच कोलकाताको केके आर र हैदराबादको एसआरएच बीच भयो भने दोस्रो म्याच मुम्बई इंडियन्स र देल्ली क्यापिटल्सका बीच भएको थियो । 

प्रतियोगितामा पहिलो म्याच खेलीरहेको दिल्लीको टीम र कोलकाताको टीमले विजय हात हात पारे । 

तीनपटक आइपिएलको ट्रफी उचाल्न सफल मुम्बईको टीम भने पहिलो म्याचमा पराजित बन्यो । मुम्बई इंडियन्सको नाममा आइपिएलका सातवटा सीजनमा लगातार पहिलो खेल हार्ने रेकर्ड वन्न पुग्यो । 

मुम्बईको टीम बलियो ‘व्याटिंग अर्डर’का साथ पहिलो खेलमा मैदानमा ओर्लियो, यस कारण उसको ‘वलिंग अटैक’ कमजोर हुन गयो । फलस्वरुप दिल्लीको टीमले बनाएको उच्च रन स्कोरको मुम्बईले पीछा गर्न सकेन र पराजयको भोग्न बाध्य बन्यो ।

इशांत शर्माले तीन वर्षपछि आइपिएल खेलेर पहिलो विकेटका रुपमा मुम्बईका कप्तान रोहित शर्माको विकेट झारे । इशांतको बलिंगमा नयाँपन आएको देख्न पाइयो । 
 मुम्बईका खिलाफ ब्याटिंग गर्दै दिल्लीका खेलाडी रिषभ पन्तले धुआँधार रन बनाए । उनले १८ बलमा आफ्नो अर्धशतक पुरा गरे । उनले म्याचमा ७८ रन बनाएर दिल्लीलाई विशाल स्कोर खडा गर्न सघाए । 

यसैगरि जारी आइपिएलमा कोलकाताको टीमले विजयी शुरवात गर्‍यो । पछिल्ला ६ संस्कार देखि कोलकाता टीमले प्रतियोगिताको पहिलो म्याच जित्दै आइरहेको छ । कोलकाताले गत वर्षको रनरअप हैदराबादको टीमलाई ६ विकेटले पराजित गर्‍यो । कोलकाताले आइपिएलका लगातार सात संस्करणको पहिलो म्याचमा जीत हासिल गरेर रेकर्ड बनाएको छ । 

पहिलो म्याचमा हैदरबाद टीमको कप्तान भुवनेश्वर कुमार रहेका थिए । उनी आइपिएलमा पहिलो पटक कप्तान बनेका हुन । उनी आइपिएल का १०२ म्याच खेलर कप्तान बनेका हुन । 

हैदरबाद टीमका रेगुलर कप्तान केन विलियमसन घाइते भएका कारण भुवनेश्वरलाई कप्तान हुने अवसर प्राप्त भएको थियो ।  आइपिएलमा सर्वाधिक ११८ म्याच खेलेर कप्तान हुने क्रममा बलर आर अश्विनको नाम आउँछ ।   
 

याे पनि 

आइपिएलमा सुरेश रैनाको कीर्तिमान, पाँच हजार रन बनाउने पहिलो खेलाडी

आइपिएल उद्घाटनको सर्वाधिक झुर खेल, हरभजनको बलिङमा बेंग्लौर पराजित

आइपिएल उद्घाट्न समारोहको खर्च सेनालाई