राजनीति र मूर्खताकाे मृत्युलाई महामारीकाे स‌ंज्ञा ! डाक्टर, नर्स, स्वास्थ्यविद्, बुद्धिजीवीलाई प्रमाणित गर्न चुनौती !!

कोभिड–१९ 'महामारी' प्रमाणित गरे एक लाख इनामकाे घोषणा !

राजनीति र मूर्खताकाे मृत्युलाई महामारीकाे स‌ंज्ञा ! डाक्टर, नर्स, स्वास्थ्यविद्, बुद्धिजीवीलाई प्रमाणित गर्न चुनौती !!

विश्व बस्नेत  |  दृष्टिकोण  |  भदौ १२, २०७७

केही समय अगाडी मैले कोभिड–१९ सम्बन्धी एउटा लेख लेखेको थिए ।  जुन २४ घण्टा नबित्दै १५,००० शेयर भएर भाइरल भएछ ! जुन आजको दिनमा २४,६०० पुगीसकेको छ अनि बढ्ने क्रम जारी छ जसलाई लोकसम्बाद डट कम मा हेर्न सकिन्छ (WWW.loksambad.com)  । यति धेरै मानिसहरूलाई चित्त बुझेर शेयर गरेता पनि त्यसको उद्देश्य चाहिँ पुरा भएन अनि स्थिति जस्ताको तस्तै देखिएको छ । अनि सम्बन्धित निकाय र व्यक्तिहरूमा त्यसले केही असर नगरेको अनुभूति भइरहेको छ । अतः त्यस लेखको पूरकको रुपमा यो लेख प्रस्तुत गर्दैछु जसले अझ झकझकाउने छ र परिस्थितीमासुधार होला भन्ने आशा गर्दछु ।

कोभिड–१९ मानव निर्मित  

अबको विश्व युद्ध हात–हतियार, गोलाबारी, बम बारुद आदि बाट होइन सुस्म जीव मार्फत बायोलोजिकल वार फेयर (biological warefare) बाट हुनेछ भन्ने कुराले मान्यता प्राप्त गर्दैआईरहेको बेलामा यो कोरोनाको उदय हुनु शङ्कास्पद छ । आज भन्दा केही वर्ष अघि नै बिल गेट्सले यस प्रकारको महामारी आउने वाला छ भनेर नामै तोकेर कोरोना भाइरसको भविष्यवाणी गरेका थिए । त्यति मात्र नभएर उसले त्यस बापतको पुर्वअभ्यास समेत गरेको थियो । अतः यो प्राकृतिक नभएर मानव निर्मित हो भन्ने कुरा विज्ञहरूले मान्दै आई रहेका छन् । यसमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा चिन र अमेरिकाको हात देखिन्छ । अनि यो जानाजानी छोडिएको पनि हुन सक्छ भने दुर्घटना स्वरूप (accidentally) चीनको हुवान स्थित ल्याब बाट बाहिरिएको पनि हुन सक्छ । तर त्यस ल्याबमा डब्ल्यु.एच.ओ, बिल गेट्स र अमेरिकाको पनि संलग्नता कुनै न कुनै रुपमा थियो भन्ने कुरा चर्चामा आई रहेकै हो । अनि बिल गेट्स र डब्लु.एच.ओ.को साँठगाँठ छ भन्ने कुरा त केही महिना अगाडी डब्लु.एच.ओ.को क्रियाकलापबाट असन्तुष्ट हुँदै राष्ट्रपति ट्रम्पले डब्लु.एच.ओ.लाई अमेरिकी सरकारले दिने सहयोगमा रोक लगाउने भएका थिए । तर त्यसको बाबजुद बिल गेट्सले डब्लु.एच.ओ.को समर्थन गर्दै उसलाई रकम आफ्नो तर्फबाट दिने निर्णय गरेको थियो । यसबाट यो बुझ्न सकिन्छ कि डब्लु.एच.ओ.पनि बिल गेट्सको इसारामा चल्दछ ।    

बिल गेट्स 

मानिस पहिला धेरै पैसा कमाउन चाहन्छ । त्यो भई सके पछि.... अझ धेरै कमाउन चाहन्छ , त्यस पछि अझ धेरै ... यसरी एउटा सीमामा आए पछि असल तथा ज्ञानी मानिस छ भने सबै त्यागेर वा नत्यागी पनि ईश्वरको खोजीमा लाग्दछ, आध्यात्मिक बाटो अपनाउँछ । तर स्वार्थी, लोभी, पापी, घमन्डी र अहङ्कारी भएमा एकातिर उसको पैसाको तृष्णा कहिले मेटिँदैन भने अर्को तिर अथाह पैसा भइसकेपछि पावरको भोको हुन्छ, अनि त्यो पनि प्राप्त गरिसके पछि उ आफै ईश्वर बन्ने सपना देख्न थाल्छ । 

त्यसतै हालत अहिले बिल गेट्सको भईरहेकोछ । यो कोभिड–१९को प्रपञ्च रच्ने मुख्य नाइके पनि उही हो । किनकि यो सावित भइसकेको छ कि यो भाइरस प्राकृतिक नभएर मानव निर्मित हो । बिल गेट्स संसारकै धनी व्यक्तिहरू मध्यको भएता पनि उसलाई पैसाले कहिले पुग्दैन । मानिसहरू भन्छन् उ ठुलो दानी (philanthropic) पुरुष हो । तर उसले सित्तैमा र केही स्वार्थ विना शायदै कतै केही दान दिएको होला ?

उसले बिल एन्ड मेलिनडा गेट्स फाउन्डेसन मार्फत बि.बि.सि.,सि.एन.एन.देखि लिएर अधिकांश मिडिया हाउसहरू अनि मुख्य मुख्य मेडिकल स्कुल, हस्पिटल र रिसर्च सेन्टरहरूलाई आर्थिक सहयोग दिएर आफ्नो अधीनमा लिएको छ । जसको कारण कोही उसको विरोधमा बोल्ने नैतिक क्षमता राख्दैनन् । 

पृथ्वीमा बढी मानिस भए भनेर ७ अरबभन्दा बढी जनस‌ंख्यामा  अधिकांशको अन्त्य गरी ५ करोडमा सीमित राख्ने उसको सोच रहँदै आएको छ । भ्याक्सिनलाई अनिवार्य बनाएर यसको माध्यमद्वारा हरेक मानिसलाई पशुहरूलाई जस्तै नम्बर दिएर नियन्त्रण (control)गर्ने, साथै ५ जी (5G)जस्ता अत्याधुनिक टेक्नोलोजीको सहायताले हरेकको गतिविधि ट्रयाक गरेर हर पल उसलाई निगरानीमा राख्ने षडयन्त्र लुकेकाे छ । 

अनि किन कोरोनाको मात्रै यति सारो डर ? यो त मानिसहरूले दिन रात सङ्क्रमितहरुको सङ्ख्या अपडेट गरेर क्रिकेटको रनिङ केमेट्रि गरे जस्तै रातदिन सङ्क्रमितको सङ्ख्या जोडेका छन् । अनि यसरी आतङ्क फैलाएकाछन । फोन गर्‍यो रिङ टोनमा समेत कोरोनाकै चर्चा । अनि फेसबुक भरि पनि त्यही । त्यसर्थ संख्यानै गन्ने हो भने सङ्क्रमितको होइन मृत्यु हुनेहरूको जोड्नु पर्छ जुन नगण्य छ । 

यस बिच यो लकडाउनको कारण बेरोजगारी, भोकमरी जस्ता कुराहरूले लाखौँ मानिसहरू मर्ने र बिचल्ली हुने निश्चित छ । त्यसतै कृषि बालीमा अवरोध खडा भएर उब्जनी कम हुनु अनि अन्न बालीको कमी (shortage)को कारणले हाहाकार मच्चिन सक्ने स्थिति पनि नआउला भन्न सकिन्न । किनकि अहिले धेरै देशहरूको कृषि उब्जनी ह्वात्तै घटको कुरा आइरहेको छ । तर कोही मरेर उसलाई केही फरक पर्दैन । अफ्रिकामा भ्याक्सिनको बहानाले उसले लाखौँ मानिसहरू मार्ने अभ्यास गरिसकेको छ अनि युवा महिलाहरूलाई बाझो बनाउने अर्थात् जनसङ्ख्या घटाउने काम पनि उसले अफ्रिका लगायत दक्षिण भारतमा परीक्षण गरीसकेकोे छ । यी सब कुराहरू र विशेष गरी यो कोभिड–१९को काण्डले गर्दा कति देशहरूले बिल गेट्सलाई गिरफ्तार (arrest) गर्नु पर्छ भनेर माग समेत गरेका छन् ।

बिल गेट्स सम्बन्धी यो एनिमेटेड भिडियो यहाँ क्लिक गरेर हेर्दा यी कुरा अझै स्पष्ट हुनेछ ः

रोकथामको लागि गर्नु पर्ने कार्यहरु 

कोरोना भाइरसबाट बच्न इम्युनिटी बढाउनु सबै भन्दा उत्तम उपाय हो । त्यसको लागी हरियो साग सब्जी, सुन्तला जातका (citrus)  फलहरू साथै अन्य फलफूल, सलाद र गेडा गुडी अनि पूर्ण अन्न (whole grain) मा जोड दिनु पर्छ । रिफाइन्ड तेल तथा अन्य रिफाइन्ड र कृत्रिम अर्थात् बट्टा बन्द तथा प्याकेटका खाने कुराहरू (जस्तै बिस्कुट, चाउचाउ) सेवन गर्नु हुन्न । यस बेला माछा मासु खानेहरूले पनि आफूलाई नियन्त्रित गर्न सके फाईदानै गर्नेछ ।  दिनमा कम्तीमा ७ घण्टा सुत्ने बानी बसाल्नु पर्छ । सकेसम्म १० बजे भित्र सुती सक्नु पर्छ भने, सुत्नु तीन घण्टा अगाडि रातीको खान खाई सक्नु पर्छ । टेन्सन, स्ट्रेस आदि बाट बच्नु पर्छ । सङ्गीत सुन्ने, ध्यान गर्ने, परिवारसँग बसेर रमाइलो गर्ने, हाँस्ने, खुसी हुने प्रयास गर्नुपर्छ । घरमै भए पनि कसरत गर्नु अनिवार्य हुन्छ । योग, प्राणायाम तथा अन्य कसरतहरू अनि दिनमा कम्तीमा ३०, ४० मिनट हिँड्ने बानी बसाल्दा स्वास्थ होइन्छ अनि रोग प्रतिरोधक क्षमता बढ्न जान्छ ।  जसले गर्दा कोरोना होस वा अन्य  ब्याक्टेरियाहरूबाट डराउनु पर्ने छैन । 

भिटामिन सि र डि को कमीले पनि कोभिड–१९ लाई निम्त्याउन सक्छ । भिटामिन डि को लागी १५ देखि ३० मिनट (काला वर्णका मानिसहरूले अझ बढी) शरीरमा प्रत्यक्ष घाम लाग्ने गरी दिउँसोको घाममा बस्नु पर्छ नत्र भिटामिन डि को क्याप्सुल कम्तीमा ५ देखी १० हजार युनिटको दैनिक खानु पर्छ । अधिकांश मानिसहरूमा भिटामिन डि को कमी देखिएको छ ।  भिटामिन डिको कमीले कोभिड–१९ लाई धेरै असर गर्छ भन्ने कुरा केही अध्ययनहरूले प्रमाणित गरि सकेको  छ । तर डब्लु.एच.ओ.ले आफ्नो वेबसाइटमा भिटामिन डि ले कोरोना निको हुँदैन भन्दै होच्याएको (downplay)गरेको देखिन्छ । तर त्यसको विपरीत भिटामिन डि २०ng/ml भन्दा कमहुनेहरुमा मृत्युदर बढी देखिएकोछ भने ४०ng/ml भन्दा बढी हुनेहरू हल्का लक्षणहरू देखिएर निको भएको पाइएको छ । तसर्थ यसको जाँच गराएर कम्तीमा ४०ng/ml या त्यो भन्दा माथि ६०/७०ng/ml  को हाराहारीमा पुर्‍याउन सके अझ सुरक्षित (safe) हुने कुरा निश्चित छ । 

त्यसतै भिटामिन सि एक हजार एम.जि.को (अथवा ५००को दुई वटा) दिनमा ३ पटकसम्म लिन सकिन्छ साथै भिटामिन बि १२ को मात्रा पनि बढाउन सके रोकथाममा धेरै सहयोग पुग्नेछ । अतः भिटामिन सि, डि र बि १२ को मात्रा बढाउनु पनि रोग बाट बच्ने उत्तम उपाय हो ।  

मास्क, ह्यान्ड स्यानिटाइजर, सोसल डिस्टन्सिङ र लकडाउन

मास्कको कुनै अर्थ छैन भन्ने कुरा बुझ्नुहोस् तै पनि बाहिर जाँदासँगै बोकेर उपयुक्त अवसरमा प्रयोग गर्नुहोला । तर त्यसो गर्नु सुरक्षाको लागि भन्दा बढी आत्म सन्तुष्टि र अरूलाई देखाउनुको लागि हुनेछ । अथवा पुलिसले कढाई गरेको बेला हो भने उसको डरले लगाउनु स्वाभाविक हुनेछ । वास्तवमा मास्कले कोरोनालाई रोक्न सक्दैन । कारण मास्कको सुस्म छिद्राहरु भन्दा कोरोनाको आकार धेरै सानो हुन्छ र त्यो सहजै मास्कबाट भित्र छिर्न सक्छ । कोरोना भाइरसको  ०.०६ देखी ०.१४ माईक्रनको हुन्छ । १ माईक्रन भनेको १ मिटरको १० लाख भागको १ भाग हुन्छ । तर मास्क (N95)को छिद्रा ०.३ सम्मको हुन्छ त्यस कारण कोरोनालाई पूर्ण रूपले छेक्न सक्दैन । साथै मास्कका अन्य नकारात्मक पक्षहरू पनि छन् । फलस्वरूप आज भोलि कतिपय देशहरूमा मास्क बारे चर्काचर्की परिरहेको छ ।  विरोधमा नारा जुलुसहरू निस्की रहेका छन् । अर्को तिर भौतिक विज्ञान (physics) को नियम त्यसरी संञ्चालित हुँदैन भन्नेहरू पनि छन्, जसका अनुसार एन ९५ मास्कले ९५ प्रतिशत भाइरसलाई रोक्न सक्छ त्यसैले त्यसको नाम एन ९५ भएको हो । जे होस मास्क लाउनेहरूले प्रयोग गरेपछि धुने अनि केही दिन प्रयोग गरे पश्चात् नयाँ किन्ने गरेमा मात्र त्यसको सही उपयोग हुनेछ । साथै यो सार्वजनिक यातायातमा अनि भिडभाड भएको ठाउँमा केही उपयोगी होला जस अन्तरगत केही देशहरूले यही व्यवस्था अपनाई रहेका छन् जस्तै नर्वे र डेनमार्क; स्वीडेनले भने मास्क पुरै खुल्ला गरेको छ । तसर्थ मास्कले मात्र कोरोना भाइरसको रोक थाम हुन्छ भन्ने सोच्नु व्यर्थ हो । तलको तस्बिर हेर्नुहोस् ।

यो पनि बुझी राखौँ, एक नयाँ अध्ययन अनुसार लक्षण नदेखिने (asymptomatic) कोरोना सङ्क्रमितहरुबाट कोरोना सर्ने सम्भावना एकदमै न्यून हुन्छ । 

ह्यान्ड स्यानिटईजरको अधिक प्रयोगले पनि  अहिले विभिन्न समस्याहरू देखा पर्न थालेका छन् । त्यसमा भएको एल्कोहोल र रसायनहरू बारम्बार सम्पर्क हुँदा हातलाई विपरीत असर गर्न सक्छ साथै ओभर स्टेराइल (sterile) भएर आवश्यक गुड ब्याक्टेरियाहरूको अभावमा अन्य समस्याहरू आई लाग्न सक्छ । 

त्यसतै ६ फिटको सोसल डिस्टेन्सिङको पनि कुनै अर्थ छैन । एक विशेषज्ञ भर्नान कोलम्यान (Vernon Coleman) का अनुसार कम्तीमा २४ फिट, सेप्टीको लागी अरु ६ फिट थपेर ३० फिटको दुरी कायम गर्न सके मात्र त्यो प्रभावकारी हुन्छ अन्यथा त्यो पनि मनको शान्ति मात्र हो । यस विषयमा भर्नान कोलम्यानको यो लगायत अन्य यस विषयमा भर्नान कोलम्यानको यो लगायत अन्य यूट्यूब भिडियोहरु हेर्न सकिन्छ जानकारी मुलक छ अवश्य हेर्नुहोलाः 

Vernon Coleman: Where is the science behind social distancing rules

औषधी उपचार

१ हाईड्रक्सिक्लोरोक्विन

अहिलेसम्मको सबै भन्दा सस्तो, राम्रो, सजिलो र भरपर्दो कोभिड–१९ को उपचार हो— हाईड्रक्सिक्लोरोक्विन, जिङ्क अनि एजिथ्रोमाईसिनको कम्बिनेशन । यसलाई न्युवर्कका एक डाक्टर भ्लाडिमिर जेलेन्कोले १५ सय मानिसहरूमा मैले उपचार गर्दा जम्मा दुई जनाको मृत्यु भयो भनेका छन् । यस उपचारलाई जेलेन्को प्रोटोकल पनि भन्दछन् । उनले आफू र आफूले चिनेका सबै बाठा (smart) डाक्टरहरूले बचाउको लागि (for prevention/ prophylactically) हाईड्रक्सिक्लोरोक्विन र जिङ्क लिई रहेको कुरा स्पष्ट पारेका छन् । उनकै कुरा सुनेर अमेरिकी राष्ट्रपति ट्रम्पले मैले पनि यी औषधी लिई राखेको छु भनेर समर्थन जनाएका थिए । 
कृपया  डा. जेलेन्कोको यो भिडियो यहाँ क्लिक गरेर पुरै हेर्ने प्रयास गर्नुहोला ः

ह्युस्टन टेक्सस कि एक अश्वेत महिला डाक्टर स्टेला ईम्यानुयलले पनि वाशिङटनमा आएर सुप्रिम कोर्ट अगाडी अन्य थुप्रै डाक्टरहरूको समर्थनमा उनिले ३५० भन्दा बढी विभिन्न रोगले ग्रस्त बालक देखि ८७ र ९२ वर्षका बुढाहरूलाई समेत यस प्रोटोकलले उपचार गर्दा एक जना पनि नमरेको दावी गरेकि छन् । यीनको यो भिडियो फेसबुक र युट्युबहरूले ब्यान (ban)  (हेर्न चाहनेहरूले मसँग Messenger मा सम्पर्क गर्नुभए तपाईँको इनबक्समा पठाइदिन सक्छु ।)

त्यसतै फ्रान्सका प्रोफेसर डा. डिडियर रावल्टले पनि यसलाई समर्थन गरेकाछन जस अनुरूप फ्रान्समा ऐले यो प्रोटोकल व्यापक सफलताका साथ प्रयोग भइरहेको छ ।

यो प्रोटोकल अहिले दक्षिण कोरिया, चीन, प्याराग्वे, होन्डुरास, ब्राजिल, इरान, टर्की, इजरायल, इटली, युक्रेन तथा अन्य विभिन्न मुलुकहरूमा प्रयोग गरेर कोभिड–१९ को कहर बाट सहज परिस्थितिमा आउन सफल भई रहेका छन् । 

तर सुरुका दिनहरूमा एफ.डि.ए.ले यसलाई अनुमोदन गरे पनि पछि आएर विभिन्न बहानामा अमेरिकामा हाल यसलाई प्रतिबन्ध लगाएको छ । तर उसैले १८ अप्रिल सन् १९५५ मा हाईड्रक्सिक्लोरोक्विनलाई स्वीकृति दिएको थियो । अर्थात् ६५ वर्ष देखि यो औषधी सेफ र असरदार (safe and effective) भनेर मानी आएको कुरा हो । अनि यो मलेरियाको औषधी डब्ल्यु.एच.ओ.को अत्यावश्यक औषधीहरूको सुचीमा पनि पर्दछ र अत्यधिक प्रेस्क्राइब गरिने औषधी मध्यको एक हो जसको अमेरिकामा मात्रै वार्षिक ५० लाख प्रेस्क्रप्शन लेखिन्छ ।   

यो विशेष गरी मलेरिया र अन्य रोगहरूमा विना अवरोध प्रयोग हुँदै आएको औषधी हो । त्यति मात्र नभएर सन् २००५ मा सार्स (SARS) को महामारी हुँदा न्याशनल इन्स्टिच्युट अफ हेल्थ (National Institute of Health/NIH) ले हाईड्रक्सिक्लोरोक्विनको परीक्षण गरी सार्सको लागी उपयुक्त छ भनेर फाउचि (Fauci) कै अध्यक्षतामा १५ वर्ष अगाडी मान्यता दिएको कुरा हो । अनि सार्स र कोभिड–१९ का भाइरसहरूमा धेरै फरक छैनन् । यिनै कारणहरूले गर्दा ट्रम्पको सक्रियतामा अमेरिकाले यो औषधी भारतबाट समेत प्रशस्त मगाएको थियो र त्यति बेला एफ.डि.ए.ले पनि हाईड्रक्सिक्लोरोक्विनलाई कोभिड–१९ को उपचारको निम्ति स्वीकृति दिएको थियो । तर पछि एक्कासि जुन १५ मा एफ.डि.ए.ले आफ्नो स्वीकृति फिर्ता लियो ।  अनि हाईड्रक्सिक्लोरोक्विनलाई प्रतिबन्ध लगाइयो(issued a complete ban on the drug) । फाउचीले पनि हाईड्रक्सिक्लोरोक्विन बारे थाहै नपाएको कुनै नौले औषधी हो जस्तै गरी झुटो बयान दियो । यसरी औषधिहरू प्रयोग नगरेर गोदाममा त्यतिकै थन्किए जसको कारण हजारौँ मानिसहरू उपचारको अभावमा मर्न बाध्य तुल्याइयो ।

यस्तै सोच डव्लु.एच.ओ.को पनि छ । उसको वेव साइटको एउटा सिक्रन शट तल प्रस्तुत गरिएको छ जसमा भनिएको छ कि ऐले कोभिड–१९को लागी कुनै औषधि छैन अनि हाईड्रक्सिक्लोरोक्विन वा कुनै पनि अन्य औषधिले कोभिड–१९लाई निको पार्छ भन्ने प्रमाण छैन । अर्को एउटा यथार्थ (Fact) भनेर डव्लु.एच.ओ. ले निकालेको सूचना यस्तो थियो- सोसियल मिडियामा हाईड्रक्सिक्लोरोक्विन सम्बन्धीको भइरहेको चर्चा झुटो हो, नपत्याउनु, त्यस सम्बन्धी डव्लु.एच.ओ.को गाइडलाई मात्र फलो गर्नु । अनि प्रयोग गर्न चाहनेहरूलाई यसो भनेर तर्साईएकोछ- हाईड्रक्सिक्लोरोक्विनको  गम्भीर साइड ईफेक्ट र मृत्यु सम्म हुन सक्छ । यति भनिसके पछि प्रयोग गर्ने आँट कसले गर्ने ? अनि अन्तिम हरफमा भनिएको छ-  'WHO is coordinating efforts to develop and evaluate medicines to treat COVID-19.'  यसको अर्थ बुझ्नुभयो होला । अझै बुझ्नु भएन भने प्रस्ट पारौँ, यसको असली अर्थ यस्तो हुन्छ— ‘हाम्रो, अर्थात् डव्लु.एच.ओ.(जसमा बिल गेट्स समेत सामेल छ) ।  को संयोजनमा कोभिड–१९ को औषधि (भ्याक्सिन) बनाउने प्रयास भइरहेको छ, त्यति बेलासम्म अन्य औषधि प्रयोग नगरौं, बरु मरौँ, अनि जहिले हाम्रो औषधि वा भ्याक्सिन निस्कन्छ त्यति बेलासम्म बाँची रहे त्यही प्रयोग गरौँ ।’

अतः यिनीहरूको यस्तो कार्यलाई केही व्यक्ति तथा संस्थाहरूले 'crimes against humanity'  अर्थात् ‘मानव जाति माथिको अपराध’ भनेर डव्ल्यु.एच.ओ., एफ.डि.ए., फाउची, बिल गेट्सहरू माथि कार्यवाही गर्नु पर्छ भन्ने माग समेत गरिरहेका छन् । यसै सिलसिलामा एसोसिएसन अफ अमेरिकन फिजिसियन्स एन्ड सर्जन्स 'Association of American Physicians & Surgeons (AAPS)' ले जुन २, २०२० मा एफ.डि.ए. माथि हाईड्रक्सिक्लोरोक्विनको प्रयोगमा रोक लगाए बापत मुद्दा दायर गरेको छ । त्यस्तै तीन अमेरिकी सिनेटरहरूले जस मध्य एक होम ल्यान्ड सेक्युरिटी एन्ड गभर्नमेन्टल एफेर्स कमिटीका अध्यक्ष समेत रहेकाहरूले एफ.डि.ए.सँग हाईड्रक्सिक्लोरोक्विनलाई कोभिड–१९ का बिरामीहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको बारे स्पष्टीकरण मागि रहेका छन् । 

यस बिच अमेरिकामा प्रयोग गर्न नपाएपछि २० लाख डोज हाईड्रक्सिक्लोरोक्विन ट्रम्प प्रशासनले ब्राजिललाई दिएको छ त्यहाँका स्वस्थ्यकर्मीहरुलाई सुरक्षित रहनको निम्ति । त्यसको ठिक विपरीत एफ.डि.ए.ले चाहिँ अमेरिकनहरूलाई  । 

अतः यो सब बाट के बुझिन्छ भने यी संस्थाहरू (डव्ल्यु.एच.ओ.,एफ.डि.ए. सि.डि.सि.तथा अन्य), जनहितका निम्ति भनेर स्थापना गरिएका भए पनि यिनीहरूको नियत र काम गराई त्यसको ठिक विपरीत छ । अनि यिनीहरूले आफ्नो विश्वसनीयता गुमिसकेका छन् । यिनीहरूले यस अघि पनि स्वीकृति दिनु नहुने औषधीहरूलाई स्वीकृत गराएर अनि गर्नु पर्नेहरूलाई नगराएर चरम भ्रष्ट्राचार भएको प्रमाणहरू दिई सकेका छन् । अनियो कोभिड–१९ को केसमा बिल गेट्सको पनि ठुलो हात छ भन्ने कुरा धेरैलाई विश्वास लग्दो रहेनछ । तर सत्य यस्तो छ : 
'Gates Is Major Benefactor of Pandemic Fear-Mongering. The COVID-19 pandemic is undoubtedly Gates' biggest philanthrocapitalist project to date, and he stands to cash in big, as he's funding/investing in both therapeutics and COVID-19 vaccines.'
अर्थात्, कोभिड–१९ बिल गेट्सको ऐले सम्मकै सबै भन्दा ठुलो र महत्वकाक्षी योजना हो जसबाट उसले अथाह धन आर्जन गर्न सक्नेछन किनकि उसले यसको औषधी–उपचार र भ्याक्सिनहरूमा ठुलो लगानी गरिरहेको छ । 

यसको पूर्ण विवरणको लागी यो लेख अध्ययन गर्न सकिन्छ:

नोटः  डा. जेलेन्को भन्छन् हाईड्रक्सिक्लोरोक्विनको अभावमा क्वेर्सिटिन (Quercetin)नामको एउटा सप्लिमेन्टलाई पनि लिन सकिन्छ तर त्यसमा त्यति धेरै अनुसनधान भई नसकेको अवस्थामा त्यसलाई दोस्रो प्राथमिकतामा राख्नुपर्छ । तर अहिलेसम्म नेपालमा हाईड्रक्सिक्लोरोक्विन पाइन्छ ।  तर क्वेर्सिटिन चाहिँ पाइँदैन, यो जानकारी अमेरिका बस्नेहरूलाई काम लाग्न सक्छ । (क्वेर्सिटिन थोरै मात्रामा स्वाऊ र प्याजमा पनि पाइन्छ ।)

हाईड्रक्सिक्लोरोक्विनको विरोध किन ?

यो औषधी नयाँ पनि होइन अनि प्रतिबन्ध लगाउनु पर्ने कुनै ठोस कारण पनि देखिँदैन । तर पनि घनघोर विरोध भइरहेको छ । किन ? डा. जेलेन्कोलाई एक अन्तर्वार्तामा सोधिएको छ ‘तपाईँले यस औषधिले यति धेरै बिरामी निको परि सक्नुभएको छ, फ्रान्सका प्रोफेसर डा. रावल्टले पनि जोडदार सिफारिस गरेकाछन अनि यो सेफ पनि छ भने यसको विरोध किन ? डा.जेलेन्कोका अनुसार मानिसहरू कोभिड–१९ ले मरी रहेका छैनन् । उनकै भाषामा -  'People are not dying due to Covid-19, it is death by  politics, death by stupidity.'   अर्थात्, मानिसहरू कोभिड–१९ ले भन्दा पनि राजनीति र मूर्खताले मरिरहेका छन् । र यसो हुनुको उनले केही कारणहरू बताएका छन् :

प्रथम यो राष्ट्रपति ट्रम्पको मुखबाट निस्कियो । र जे पनि उनले भन्छन् उनका विरोधीहरूले त्यसलाई झुटो सावित गर्न लागी पर्छन् । यो चुनावको वर्ष हो अनि कतिले चाहदैनन कि ट्रम्प फेरी राष्ट्रपति हुन । हाईड्रक्सिक्लोरोक्विनको कारणले बिरामीहरू मर्ने क्रम रोकियो भने जनजीवन फेरी नर्मल हुन्छ , इकोनोमीमा सुधार आउँछ जुन राष्ट्रपतिको इमेजको लागी लाभकारी हुन्छ । र विरोधीहरू कुनै हालतमा यस्तो हुन दिन चाहँदेनन चाहै जतिसुकै मानिस मरुन् । 

अर्को कुरा यो औषधिको मूल्य जम्मा २० डलर जति पर्छ र एकदमै सस्तो छ । (यहाँ नेपालमा ४५० रुपियाँ पर्छ ) हालै गिलियड (Gilead) भन्ने कम्पनीले रेमडेसिभिर (Remdesivir)भन्ने औषधि बनाएको छ जसको मूल्य अमेरिकामा ३१२० डलर पर्छ । अब तपाई आफै सोच्नुस् २० डलरको औषधीले निको पार्छ भन्ने थाहा पाए भने तीन हजार माथिको औषधि कसले किन्ने ? त्यसतै भ्याक्सिन बनाउनेको पनि दौड चलिरहेको छ । भ्याक्सिन बनाएर सबैलाई लगाउन बाध्य गर्न पाए त अरबौं कामिन्छ । र त्यति बेलासम्म मानिसलाई मास्क, सोसियल डिस्टेन्सिङ, लकडाउन जस्ता कार्यमा अलमलाएर डर र त्रासको वातावरण कायमै राख्न पाए भ्याक्सिन निस्के पछि लगाउनेहरूको तँछाडमछाड हुन्छ । अतः यो पैसाको खेल पनि हो । 

तेस्रो कारण अहङ्कार । यत्रा यत्रा औषधी कम्पनी, रिसर्च सेन्टर, हस्पिटलहरूले पत्ता लगाउन नसकेको कोभिड–१९ को औषधि जाबो एउटा प्राइभेट प्राक्टिस्नर  (जो रिसर्चर पनि होइन, पि.एच.डि.पनि होइन) ले पत्ता लगायो भने त्यसको प्रोटोकललाई हामी किन मान्यता दिनु ? यस्तो नयाँ नयाँ प्रविधिहरू पत्ता लगाउने, सूचना दिने, यो खाऊ यो नखाऊ भनेर आदेश दिने काम त हाम्रो हो नि भन्ने सोच पनि कतिपयमा छ । त्यस कारण उनीहरूले यसलाई आफ्नो इज्जत र प्रतिष्ठा सित जेडेका छन् ।

अन्य उपचार  

१ ईन्ट्राभिनस भिटामिन सि Intravenous vitamin C (IVC) and Covid-19

हाईड्रक्सिक्लोरोक्विन बाहेक IVC अर्थात् ईन्ट्राभिनस भिटामिन सि को पनि अहिले चर्चा भई राखेको छ र यसको धेरै राम्रो नतिजा आइरहेको छ । तर यसको प्रयोगले औषधि कम्पनीहरूलाई लाभ हुने छैन त्यस कारण उनीहरू यस प्रति चासो राख्दैनन् । चीनको सांघाई स्थित रुई जिन हस्पिटलका डा. ईन्किएन माउ (Dr. Enqian Mao) (जो त्यहाँका पब्लिक हेल्थ सेन्टरका कोभिड–१९ सम्बन्धी विशेषज्ञ पनि हुन) ले ३५८ जना सिरियस (Serious) बिरामीहरूलाई प्रति दिन १० देखी २० हजार मिलिग्राम भिटामिन सी आई.भि. दिँदा न कोही मर्‍यो न कुनै साइड ईफेक्ट नै देखियो । (Report from Orthomolecular Medicine News Service -1)

प्राकृतिक उपचारहरू

२ डा. विश्वरूप राय चौधरी प्रोटोकल

एक भारतीय डाक्टर विश्वरुप राय चौधरी निकै चर्चामा आईरहेकाछन । उनी प्राकृतिक तथा शाकाहारी आहारबाट रोग निको पार्ने कुरामा विश्वास राख्दछन् । उनका थुप्रै युट्युब भिडियोहरु छन् कोभिड–१९ का साथै मुटु रोग, मधुमेह आदि सम्बन्धी । उनको र उनको समूह नाईस (N.I.C.E – NETWORK OF INFLUENZA CARE EXPERT)  का अनुसार कोभिड–१९ ठुलो कुरो होइन । विभिन्न स्वार्थले यसलाई भयावह बनाई राखिएको छ । र उनीको अनुसार यो उपचार गर्न पनि त्यति ठुलो कुरा होइन र यसै उपचारले हजारौँलाई निको पारिसकेको दावी गर्छन् । जस्तो सुकै बिरामीलाई पनि ३ दिनमा ठिक पार्ने उनको दावी रहँदै आएको छ । उनको भनाइमा यो एक सय वर्ष देखिको १६७ भन्दा बढी अध्ययन (research) हरुमा आधारित छ । अतः कोरोनाका लक्षणहरू (ज्वरो, खोकी, जिउ दुख्ने, कमजोरी आदि) देखिन साथ यो उपचार अपनाउनुहोला :

प्रथम दिन तरल (Liquid)

तल भनिए बामेजिम सुन्तला/मौसम्बीको रस (citrus juice) अनि नरिवल पानी सेवन गर्नुहोस् ।

आफ्नो वजनलाई १० ले भाग गर्दा जति हुन्छ (मानिलिऊँ तपाईँको वजन ६० केजी छ भने १० ले भाग गर्दा ६ हुन्छ) त्यति ग्लास सिट्रस फलको रस र त्यति नै अर्थात् ६ ग्लास नै नरिवल पानी पिउनुहोस् । नछानीकन ताजा रस मात्र पिउनुहोस् बट्टा बन्द होइन । एक एक घण्टामा रस र नरिवल पानी अल्टरनेट (alternate) गरेर बिस्तारै चुस्कि लिँदै १५ मिनट लगाएर पिउनुहोस् । यस बाहेक अन्य केही कुरा खानु हुँदैन । 

दोस्रो दिन 

आफ्नो वजनलाई २० ले भाग गर्नुहोस् र त्यो जति हुन्छ त्यति रस र नरिवल पानी पिउनुहोस् । जस्तै तपाईँको वजन ६० केजी छ भने २० ले भाग गर्द ३ हुन्छ । अतः तीन ग्लास सिट्रस फलको रस अनि ३ ग्लास नरिवलको पानी पिउनुहोस् । 

यसको साथै आफ्नो वजन जति छ त्यसलाई ५ ले गुना गर्नुहोस् । जस्तै ६० केजी छ भने ५ ले गुना गर्दा ३०० हुन्छ । अतः ३०० ग्राम काँक्राे र ३०० ग्राम नै टमाटर खानुहोस् । दोस्रो दिनसम्ममा तपाईँको ज्वरो नियन्त्रण हुनुको साथै निकै सहज अनुभव हुन थाल्छ । 

तेस्रो दिन ठोस (Solid)

नास्तामा आफ्नो वजनलाई ३० ले भाग गर्दा जति हुन्छ त्यति ग्लास सिट्रस रस र त्यति नै नरिवल पानी पिउनुहोस् । जस्तै ६० केजीको मानिसको लागि ६० भाग ३० हुन्छ २ । अतः २ ग्लास सिट्रस रस र २ ग्लास नरिवल पानी पिउनुहोस् ।  

दिउँसोको खानामा अगिल्लो दिन जस्तै ३०० ग्राम काँक्राे र टमाटरको सलाद खानुहोस् । 

साँझको खानामा साबिक घरको शाकाहारी भोजन लिन सकिन्छ कम तेल र नुन भएको ।

यति गर्नाले चौथो दिनमा तपाई तैयार (fit) हुनुहुनेछ आफ्नो काम धन्दा गर्नको लागी । 

कोरोना र यसको उपचार बारे डा.विश्वरुप रायको एउटा पुस्तक पनि छ (N.I.C.E. Way To Cure Covid-19) जुन तलको लिङ्क बाट डाउनलोड गर्न सकिन्छ (यो हिन्दीमा पनि छ) :

Book download  

अनि यो भिडियो पनि यहाँ क्लिक गरेर हेर्नुहोस (हिन्दी) :

३  डा. के.बि. तुमाने, बेसार

माथि डा.विश्वरुप राय द्वारा सिफारिस उपचार गर्न नसक्नेहरूका लागी उन्कै समूहका डाक्टर के.बि.तुमानेका अनुसार त्यो भन्दा पनि सजिलो र सस्तो उपाय छ । एक चिया चम्चा बेसार दिनमा तिन पल्टः बिहान ९ बजे, दिउँसो ३ बजे अनि राती ९ बजे केही खाएर मनतातो पानी सँग ७ दिन सम्म लिने । ज्वरो, खोकी, सर्दी या सास लिनमा गाह्रो भएको होस, ती सबै लक्षणहरू ७ दिनमा निको हुन्छन् । उनी भन्छन्, ‘यस उपचारले लाखौँ मानिस निको भएको प्रमाणहरू मसँग छ, कतिले मेसेज र व्हाट्सअपको माध्यमबाट जानकारी गराएकाछन ।’ यस उपचारमा मेरो आफ्नो तरफ बाट एउटा कुरा थप्न चाहन्छु -अनुसन्धानहरूले यो प्रमाणित भइसकेको छ कि बेसारको अनुपातमा एक चौथाइ कालो मरीचको मात्रा मिसाउँदा त्यो २ हजार गुना बढी असरदार हुन्छ । अतः यस उपचारमा थोरै मरीच पनि मिसाउनुहोला । यस उपचारको साथै अन्य अति सान्धर्विक जानकारीको लागी हिन्दी भाषाको यो भिडियो यहाँ क्लिक गरी  अवश्य हेर्नुहोस्।

अन्य आयुर्वेदिक उपचारहरू

आयुर्वेदका केही समर्थकहरूले हामी कोभिड–१९ का बिरामीहरूलाई ठिक पार्न सक्छौँ र ठिक पारेका पनि छौँ भनिरहेकाछन । शायद उनीहरूको विधि अपनाउँदा पनि लाभ हुन सक्ला । तर उनीहरूको विधि र उपचार उपर धेरै अध्ययन अनुसन्धान र थुप्रै रोगीहरू निको पारेको भरपर्दो अथवा विश्वासिलो तथ्याङ्क सार्वजनिक भई नसकेको हुनाले तत्कालै मानिसहरूमा विश्वास जगाउन कठिन पर्छ । 

एक लाखको इनाम...

अब एक लाख इनामको प्रसङ्ग तिर लागौँ ।   एक भारतीय डाक्टर तरुण कोठारी भन्छन् - यो महामारी नै होइन, कसैले मलाई महामारी हो भन्ने प्रमाण (proof) दिन सक्यो भने १ लाख रुपैयाँ इनाम दिन्छु भनेर च्यालेन्ज गरेका छन् । तर उनको च्यालेन्जलाई स्विकारेर कसैले आजसम्म प्रमाण दिन सकेको छैन । यो भन्दा अघिल्लो, माथिको भिडिओमा उनले यस बारे बोलेको १५ मिनेट ५० सेकेन्ड पछि हेर्नुहोला । अन्यथा यो पनि हेर्न सकिन्छ ‘महामारी सावित करो एक लाखका इनाम पाओ’ (हिन्दीमा)।

1 Lakh Ka Inam Tarun kothari MBBS MD How to earn money??

निष्कर्ष

कोरोनाको मृत्यु दर भनेको ०.५ प्रतिशत जति हो । तर नेपालमा त्यो भन्दा कम छ । यो भनेको १ हजार जना सङ्क्रमित देखिएमा २ या ३ जनाको मृत्यु हुनु हो । त्यो पनि रोगी, बूढाबूढीहरूलाई बढी जोखिमपूर्ण हुन्छ अरूलाई होइन । त्यस कारण, सर्वसाधाणहरुले डराउनु पर्ने आवश्यक नै छैन । बरु आफ्नो इम्युनिटी बढाउन तिर लागौँ । अरूलाई बहिस्कार र तिरस्कार गर्ने जस्तो अमानवीय कार्य पनि नगरौंं । 

अर्को कुरा, नेपालमा कोरोनाको भन्दा बढी मृत्युदर सडक दुर्घटनाको रहेछ । पुलिसको तथ्याङ्क अनुसार विगत १० वर्षमा सडक दुर्घटनामा मर्नेहरूको सङ्ख्या २२,४६१ रहेछ । भने पछि एक वर्षमा सरदर (average)२,२४६ जनाको सडक दुर्घटनामा परि मृत्यु हुदोरहेछ । त्यसतै काठमान्डु पोस्टको एउटा रिपोर्टमा नेपालमा दैनिक ७ जना मानिस ‘रोड एक्सिडेन्ट’ मर्छन् । कोरोनाले नेपालमा हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या आजको मिति सम्म १७४ जना पुगेछ । भने पछि कोरोना भन्दा त सडक दुर्घटना नै बढी जोखिमपूर्ण हुँदोरहेछ भनेर प्रमाणित भएन ? त्यसो हो भने त मरिन्छ भन्ने डरले कोही पनि घर बाट बाहिर निस्कनु नै भएन । त्यसो त कसैले गरेका छैनन् । अनि किन कोरोनाको मात्रै यति सारो डर ? यो त मानिसहरूले दिन रात सङ्क्रमितहरुको सङ्ख्या अपडेट गरेर क्रिकेटको रनिङ केमेट्रि गरे जस्तै रातदिन सङ्क्रमितको सङ्ख्या जोडेका छन् । अनि यसरी आतङ्क फैलाएकाछन । फोन गर्‍यो रिङ टोनमा समेत कोरोनाकै चर्चा । अनि फेसबुक भरि पनि त्यही । त्यसर्थ संख्यानै गन्ने हो भने सङ्क्रमितको होइन मृत्यु हुनेहरूको जोड्नु पर्छ जुन नगण्य छ । 

यसै गरी फ्रान्सेली प्रोफेसर डा.डिडियर रावल्टले भनेकाछन् - 'Actually, from all respiratory infections it's probably the easiest to treat. So there is really no reason to get excited anymore. There is really no reason to get excited and rush to produce a vaccine….'   अर्थात्, सबै श्वास–प्रश्वासका इन्फेक्सनहरु मध्य यसलाई उपचार गर्नु सबै भन्दा सजिलो छ । त्यस कारण, उत्तेजित हुनु पर्ने कामै छैन । र भ्याक्सिन भ्याक्सिन भनेर उफ्रनुपर्ने आवश्यक पनि छैन ।

त्यसतै डा. विश्वरूप राय चौधरीले पनि यो साधारण रुघा खोकी जस्तै हो यसलाई बढी महत्त्व दिएर ठुलो ईसु बनाइएको छ जसमा बिल गेट्स, डब्लु.एज.ओ., एफ.डि.ओ. अनि औषधी कम्पनीहरूको साजिस छ भनेका छन्  । 

एक जना विज्ञको भनाई अनुसार 'Lockdowns do not suppress epidemics they only push into a future period when the lockdown is lifted.' अर्थात्, लकडाउनले महामारीलाई मत्थर पार्दैन खाली त्यसलाई पुनह लकडाउन खुल्ला हुने पछाडिको समय सम्म ठेल्ने काम मात्र गर्नेछ ।

त्यस कारण लकडाउनले फाइदा गर्ला नगर्ला त्यो अर्को कुरा हो तर त्यसले मानसिक तनाव, बेरोजगारी, घरमै बसिरहनुपर्ने बाध्यताले स्वास्थ्यमा गिरावट आदिको कारणले कोरोनाको जोखिम पनि बढनेछ साथै अन्य अनगिन्ती समस्याहरू थपिने निश्चित छ । सन् १९६८मा हङकङ फ्लु भन्ने महामारीले ४० लाख मानिसहरूको मृत्यु भयो । त्यस्तै गरी सन् २००९मा एच.१एन.१ (H1N1) को कारणले संसार भरि ५ लाख मनिसहरु मरे, तर ती बेलाहरूमा न स्कुल बन्द भए, न मास्क लगाउनु पर्‍यो, न अर्थव्यवस्था बन्द गर्नु पर्‍यो । तसर्थ ऐले किन? तपाई आफै सोच्नुस्, यो कुरा रहस्यमय छैन ?

अतः बुढाबुढी तथा अन्य रोगीहरूले बाहेक स्वास्थ्य र युवा अवस्थाका व्यक्तिहरूले डराएर काम कुरो छाडी घरमा लुकेर बस्नुको कुनै औचित्य छैन । यसले खेतीपातीदेखि लिएर बिजनेस, व्यापार, इकोनोमी सब चौपट भएर झन् ठुलो समस्या निम्त्याउँछ । जसले गर्दा कोरोनाले भन्दा बढी अन्य कारण आदिले मानिसको मृत्यु हुनेछ । 

यति कुरा भनी सके पछि बुझ्नेले बुझी सके होलान् । नबुझे अथवा बुझेर पनि बुझ पचाउनेहरूलाई त केही भन्न सकिँदैन । तर फेरी पनि बुझाउने प्रयास गर्छु । डब्ल्यु.एच.ओ. अनि एफ.डि.ए. जस्ता भ्रष्ट संस्थाहरू (जस माथि मुद्दा लागी रहेको छ) को भनाइमा लागेर आफ्नो ज्यान जोखिममा न राख्नुहोस् । 

समाचारमा नियन्त्रण र झुटको खेती (Censorship & Suppression) 

आजभोली फेसबुक, युट्युब, गुगुलहरुले ठुला औषधि कम्पनीहरु Big Pharma,WHO,FDA हरुको समाचारलाई असत्य भए पनि प्रोत्साहन र प्राथमिकता दिने र अन्य कतिपय सत्य बोल्नेहरूलाई उनीहरूको स्वार्थको विपरीत भएमा समाचार र भिडियोहरुलाई निषेध (delete/ban) गर्ने गरेको कुरा प्रति धेरै बैकल्पिक र स्वतन्त्र स्वास्थ्यकर्मी (alternative& independent health professional)] हरुले गुनासो गरिरहेकाछन् । अतः यस बारे पनि हामी सबै सचेत हुनुपर्ने आवश्यकता देखिन्छ । 

स्वास्थ्यकर्मीहरूलाई अनुरोध

तपाईँहरू अस्पतालमा डिउटी गर्न र बिरामीहरूको रेखदेख गर्नमा व्यस्त हुनुहुन्छ अतः इन्टरनेटमा बसेर खोज, रिसर्चहरू गर्न भ्याउनुहुन्न । त्यो काम मैले तपाईँहरूको निम्ति प्रशस्त प्रमाणहरूको साथमा गरिदिएको छु । त्यस कारण यो लेख राम्रो सँग अध्ययन गर्नुहोस्, दिएका सबै लिङ्कहरू पुरै अल्छी नमानीकन हेर्नुहोस् । आशा छ सबै कुरा छर्लङ्ग हुनेछ । हो, तपाईँहरू WHO FDA  हरुले भनेको कुरानै सत्य हो अनि त्यही कुरा मान्नु पर्छ भन्ने स्कुलिङ बाट आउनुभएको हो । तर अब त्यस पुरानो(outdated) सोच बाट बाहिर निस्कनुस् (Step Out of the Box) ।  अनि आफ्नो बुद्धि विवेक प्रयोग गर्नुहोस् । अनि अब देखी जनताको सेवा गर्दागर्दै बिरामी परियो, टोल छिमेकीहरूले पनि तिरस्कार गरे भन्ने गुनासो गरेको सुन्नु नपरोस् । त्यो स्थिति आउनु र नआउनु तपाईँहरूको आफ्नै हातमा छ । तुरुन्तै डा. जेलेन्कोले भने अनुसार हाईड्रक्सिक्लोरोक्विन र जिङ्क को प्रोफिल्याक्टिक डोज लिनुहोस् । सिम्पटन (sympton) हरु देखिएको ५ दिन भित्र थेरापुटिक डोज लिनुहोस् जुन तल प्रस्तुत छ । र त्यसतै आफ्ना पेसेन्टहरुलाई पनि गराउनुहोस् । यही उपचार गरेर आफू र आफ्ना परिवार, पेसेन्टहरुको कल्याण हुनेछ । र देशले कोरोना बाट मुक्ति पाउने छ । सरकारले अहिले लिई रहेको कदमको कुनै औचित्य छैन । विदेशी सङ्घ, संस्था र व्यक्तिहरू बाट संचालित छैनन् भने यस कुरालाई स्विकारेर सोही बमोजिम गर्नु श्रेयकर हुनेछ । 

Zelenko Protocol

Identify High Risk Patients

Start Treatment ASAP Before Lung Damage

Use Three Drug Regimen for 5 days:

1. Hydroxychloroquine 200mg 2 times daily

2. Zinc 220mg once daily

3. Azithrobycin 500mg once daily

Decrease Death By 95%

Solve Hospital And Respirator Crises

bibasnet@yahoo.com

https://www.facebook.com/bishwa.basnet.5

राष्ट्रपति ट्रम्फले पनि हाईड्रक्सिक्लोरोक्विन लिईराखेका छन्

होन्डुरास पनि ट्रम्फकै प्रभावमा हाईड्रक्सिक्लोरोक्विन प्रयोग गर्दै ।

टर्किले पनि स्वीकार्‍यो हाईड्रक्सिक्लोरोक्विनले काम गर्छ ।

 

 

फ्रान्सका प्रोफेसर डा. डिडियर रावोल्ट पनि हाईड्रक्सिक्लोरोक्विनको पक्षमा ।

रेम्डेसिभिर र जेलेन्को प्रोटोकलको मुल्यको तुलना ।

WHO sf] e|d km}nfpg] / cndNofpg] k|of; .

याे पनि 

बिल गेट्सकाे ईश्वर बन्ने सपना ! कोरोना भ्याक्सिन मार्फत मान्छेलाई 'ट्रयाक' र 'कन्ट्रोल' गर्ने  षडयन्त्र !!