रोनाल्डोले जिते ‘गोल अफ दि सिजन’ को अवार्ड

रोनाल्डोले जिते ‘गोल अफ दि सिजन’ को अवार्ड

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १२, २०७७

इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए गोल अफ दि सिजन अवार्ड जितेका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’ मा रोनाल्डोको गोल उत्कृष्ट ठहर गरेको हो । 

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो ।

रोनाल्डोले डिबक्स बाहिरबाट देब्रे खुट्टाले उत्कृष्ट गोल गरेका थिए । सो खेलमा युभेन्ट्स २–१ ले विजयी भएपनि पहिलो लेगमा भोगेको १–० हारले युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।