कोरोना संक्रमण पुष्टि भएपछि पोग्बा फ्रान्सको टिमबाट आउट

कोरोना संक्रमण पुष्टि भएपछि पोग्बा फ्रान्सको टिमबाट आउट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १२, २०७७

फ्रान्स तथा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । 

फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पोग्बालाई कोरोना देखिएको पुष्टि गरेका हुन् । कोरोना देखिएपछि पोग्बा फ्रान्सको टिमबाट बाहिरिएका छन्  ।

२७ वर्षीय पोग्बा नेसन्स लिग खेल्ने फ्रान्सको टिमका महत्वपूर्ण खेलाडी थिए । तर, कोरोना देखिएपछि विश्वकप विजेता पोग्बाको स्थानमा एडवार्डो कामाभिङ्गालाई टिममा बोलाईएको छ । 

कोरोना भाइरसको संक्रमण देखिएपछि पोग्बा १४ दिनको सेल्फ आईसोलेसनमा रहेका छन् । जसका कारण उनले युनाइटेडको प्रि–सिजन तयारी पनि गुमाउने भएका छन् ।

कोरोना देखिएपछि अर्का मिडफिल्डर टान्गुइ एन्डोमबेले पनि फ्रान्सको टिमबाट बाहिरिएका छन् । नेसन्स लिगको पहिलो खेलमा फ्रान्सले ५ सेप्टेम्बरमा स्विडेनसँग र ८ सेप्टेम्बरमा क्रोएसियासँग खेल्नेछ ।