ब्राजिलियन डिफेन्डर थियागो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित

ब्राजिलियन डिफेन्डर थियागो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १२, २०७७

इंग्लिस क्लब चेल्सीले ब्राजिलियन डिफेन्डर थियागो सिल्भालाई अनुबन्ध गरेको छ । चेल्सीले थियागोलाई फ्रि ट्रान्सफरमा एक वर्षका लागि अनुबन्ध गरेको हो ।

चेल्सीले उनलाई थप एक वर्ष अनुबन्ध थप गर्ने विकल्पसहित अनुबन्ध गरेको हो । 

चेल्सीसँग सम्झौता गरेपछि सिल्भाले फ्रान्क लाम्पार्डको टिमको एक हिस्सा हुन पाउँदा आफू खुशी भएको प्रतिक्रिया दिए । 

सिल्भाले च्याम्पियन्स लिग सकिएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)  छाडेका थिए । गत आइतबार भएको फाइनलमा बायर्न म्युनिखसँग पीएसजी १–० ले पराजित भएको थियो । 

सन् २०१२ मा एसी मिलानबाट पीएसजी पुगेका थियागोले ८ वर्षमा ७ पटक फ्रेन्च लिग वानको उपाधि जितेका थिए ।