एकबोतल ह्वीस्की

एकबोतल ह्वीस्की

बिन्दु अधिकारी ढकाल  |  साहित्य  |  भदौ १३, २०७७

त्यसवर्ष चैतमहिना पानी नपरेर एकदमै खडेरी थियो । जताततै धुलो धुवाको पोलुषणले गर्दा होला छप्लक्क तुवालो उकुसमुकुस गर्मी । प्राकृतिक वातावरणको तारतम्यभन्दा अझै केही गुना चर्को खडेरी गहनाको मन जतिखेरै जागिरको धुन । चौपट्ट खटपटी कहिले पुरा होला को नि ? उहीफेरो यौटा जिज्ञासा ‘तर क्षमताको प्रमाणपत्रै नहेरी हचुवाकोभरमा बोलाएको त्यो जागिर ?‘ हुन्छ, हुदैन ? र, यही कुरा पनि त कतैबाट नसुन्दासम्म हैरान भएको ज्यान थपक्क ढुक्क पर्नुको सट्टा मनमा के के कुरासोचेर छिन–छिनमा कौतुहलले फेरि सम्झि, ‘अफिसमा आवश्यक नभै नभै त किन बोलाउथे र हैन ? यतिका समय भौतारिदा भौतारिदा झन्डै गलेको शरीर तर जेहोस् धैर्यता पाल्नसके...।' त्यससाँझ बाटो कटेको पत्तै नपाई गहना घर पुगि ।     

तर ती म्यानेजरसँग एक त पुरानो चिनजान हैन/थिएन । दोस्रो, त्यसअघी कतै देखाभेट– गाउँको नाउँ न ठाउँको ठहर । त्यो पनि अन्धाधुन्ध नै थियो । तेस्रो, शहरीया परिवेशका मान्छे कसको बानीबेहोरा कस्तो ? गहनाले कतिको बुझेकी थिई । हुन त केही अपवाद घटना बाहेक हाम्रो नेपाली समाजमा पुरुष वर्गलाई आदर्शको धरोहर, खम्बा झैं मानिन्थ्यो ।   

यद्यपी, समयको गति यस्तो जर्जर परिस्थिति आयो महिला र बालिका बलात्कृत नभएको दिनहुन्थेन । पत्रपत्रिकादेखि रेडियो, टेलिभिजन र अनलाइनखबरमा उही समाचारले पृष्ठ पानाभरिएका हुन्थे । फलानो ठाउँमा फलानी महिला, डिस्काना ठाउँमा यति वर्षिया बालिका । सप्तरी जिल्लामा सत्तरी वर्षिया वृद्धालाई बलात्कार गरी हत्या...। अनैतिक हर्गत कति सुन्नु, पढ्नु ? समाजको सामाजिक चेतना किन यति धेरै अमानवीय वेदना । हिंसा, एकपछि अर्को, अर्को पछि फेरिअर्को बग्रेल्ती घटनाको लर्को यसरी विकृति बढ्नु मानव जीवनको उपहास बाहेक अरु के हुनसक्थ्यो ?

समाचार बनेर आएका अपराधीलाई कानुनको कठघरामा दह्रो चुक्कुलको व्यवश्था हुदो हो त पुनः घटनाहरु दोहोरिने थिएनन् कि ? तर महिला हिंसा र ज्याजती ‘नारी दिवसकै दिन‘ कैलालीको घोडाघोडीमा १८ वर्षीया राधा चौधरीमाथि गरिएको कुटपिट व्यवहार कति निर्मम र पाशविक थियो । हिंसामा उत्रने पीडक कि अत्याधिक अहं र दम्भले अन्धो हुन्छन्, कि विवेक र चेतनाशून्य स्थितिबाट ग्रस्त...। गहनालाई समाचार पढ्नै मन लागेन । अब के गर्ने त ? अखबारका पाना थन्क्याएर बरु लेख्नथाली ।   

घरबाट फुर्ती फुर्की हिँडेकी उसले सानो भुल नगरेकी भए कुनै उल्झनको बात हुन्थेन । पुनश्च मन बारम्बार नभक्कानिन अफिसको शाखा नछिर्दै गेटबाटै भए पनि एक कल फोन त्यो पनि कत्रो बुद्धिमानी ठहर्थ्याे । तर ढोकाबाट भित्र कुर्सीमा बस्नासाथै झोलाको हंगामा आखिर त्यस्तो कुन चिज थियो त्यहाँ ? जुन पार्सलले गर्दा गहनालाई अमिलो फिल भयो ।

ऊबेला कस्तो बुद्धि नपुगेको ? शिक्षामा बुवाआमाको त्यत्रो लगानी आखिर ‘बालुवामा पानी‘ तर किन ? किन कि, पढाइ सकेर जागिरको टुङ्गो भए पछि अनि मात्रै ‘बिहे सिहे‘ जे भए पनि पछिल्लो अवश्था छोराछोरी कै मुखबाट ‘मामु हजुर पनि अफिस जानु न, हाम्रो साथीको मामुहरुजस्तै अनि स्कुटी चलाएर कहिलेकाही हामीलाई लिन स्कुल पनि आउनु । आहा ! कति मज्जा हुन्थ्यो है दादा...?‘ परेनत फसाद ! ३/४ कक्षा पढ्ने आफ्नै छोराछोरीका कुरा ।    

गहनाको मनमा एकखालको उकुसमुकुस त पहिल्यैदेखि नभा‘को होइन । त्यसमाथी अचुक गोली झैं आफ्नै सन्तानको बोली कस्तो महसुस हुन्थ्यो होला ? जिन्दगीको यात्रा यतिकै/त्यतिकै घरभित्रै रहनुभन्दा परिवार, समाज र हुनसक्छ देशकै लागि ईँटा यौटा ‘होस्टेमा हैसे‘ भन्ने ख्याल म्यानेजरको गुलियो कुरा अफिसमा पुगेर ‘ढकढक ढोका‘ भित्र पस्न पा‘थिएन । पुलुक्क देख्नासाथ एक्कासी उसैको कुर्सिमा बस्न चौपट्ट ढिँपि गरेपछि उप्रान्त दिन त्यो बाटो लिएर ऊ घरबाट हिँडिन । अहँ, पटक्कै चट्पटाइन ।

जागिर दिने बहाना नकचरो म्यानेजरको अनैतिक हर्गत...तर खानै नपाएर अथवा लाउनै नपाएर अथवा इज्जत इमान बेचबिखन ऊ हिँडेकी थिइन । त्यो कुरा चाहिँ पक्कै थियो र अर्को कुरा, उही दिन कुर्सीमा बस्न चौपट्ट हत्तेगर्नेले एउटैप्लेटमा खाजा/खाना अथवा उही ग्लासमा चिया/कफी अथवा पानीको फर्माइस एउटी बिबाहित महिला त्यसमाथि घरबाहिर पाइला यसै त समाजले हेर्ने दृष्टीकोण...अधकल्चो पाराको हाम्रो मान्यतामाथि अनेक उल्झन झेल्नुभन्दा बरु जागिरको स्वादव्याद ‘मनको लड्डु घीउसँग‘ बाहेक उपलब्धी भएन ।

तैपनि ‘कालो बादल भित्र चाँदनी घेरा‘ भनेझैं गहना निरास थिइन । बिहान प्रातःकालीन नित्यकर्मपछि घरको बरन्डामा हाँजिर भएका पत्रपत्रिकासँगको साक्षात्कार यति फलदायक कि, दिनभरी जसो पढेर बस्दा घण्टौं बितेको समेत पत्तोहुन्थेन । भोलीको सपना केही देखेरै हो कि, पढ्न भनेपछि त्यस्तो लगाबको जाँगर कुनै गृहेणीमा था‘थेन । 
फेरि पनि कुरा, मान्छेमा मौलाएको अनैतिक चर्तिकला एकखालको मनोरोग झैं जवर्रजस्ती घटना बाहेक समाचार नै थिएन । त्यसमा पनि धेरै त महिला हिंसाका घटना । कतै युवतीमाथि एसिड र चक्कु प्रहार त कतै बलत्कार पछि महिलाको हत्या । हुँदाहुँदा एक ठाउँमा अरे, बाबुदूारा बलात्कृत नाबालिका छोरी गर्भवती...।  

अरु त अरु मानसिक सन्तुलन ठिक नभएकी घरेलु कामदार र यात्राको क्रममा सार्वजनिक यातायातमा सवारीरत किशोरी बलात्कृत । काठमाडौंमै पनि १५ वर्षीय एक किशोरीलाई सातादिनसम्म बन्दक बनाई सामूहिक बलत्कार गर्ने पाँचजना पक्राउ । त्यस्तै अर्कोसमाचार, राजधानी कै एक नीजि स्कुलका शिक्षकले आफ्नै विद्यालयकी बालिकालाई यौन दुर्व्यावहार गरेको घटना नसेलाउदै कुनै प्रेमीले आफुसँग बिहे गर्न नमानेको झ्वाक पे्रमिकालाई कुटपिटमात्रै गरेनन्, उम्लेको तातो घिउ टाउकोबाट खन्याएर चरम यातना दिनु भनेपछि हे भगवान् ! कस्तो चै समय आयो ?

एकदिनको कुरा तुलसा कतै जाँदाकाबखत गहनाकी साथी सबु भेटिइन् । उनी राजधानीको कुनै मेनपावर कम्पनीमा काम गर्थिन् । बोल्नेकला स्पष्टता सँगै अफिस संचालन खुबी, क्षमता, दक्षता अथवा दख्खल जेभने पनि उत्कृष्ठ कार्य सम्पादनको मूल्याङ्कन अनुसार एफएममा अन्तरवार्ता दिनुपर्ने भएछ । उही सिलसिला एकजना ‘रेडियो पत्रकार‘सँग सबुको भेटघाट पछि मोबाइल नम्वर आदान प्रदान भयो । ती व्यक्ति सञ्चार क्षेत्रमा लामो अनुभवी मात्रै नभएर महिला हिंसा बिरुद्ध कलम चलाउथे । 

साँझ, उनैले फेसबुक (मुहार पुस्तीका) मा सबुलाई इनबक्समा म्यासेज पठाए । त्यो देखेपछि सबुले सञ्चारकर्मीलाई रिक्वेस्ट पठाइन् । तत्काल उनले एसेप्ट गरे । तर किन हो, छिन–छिनमा म्यासेज अनि घण्टा–घण्टामा फोन गर्थे । उनको म्यासेज विवरण, ‘मअलि खुल्ला टाइपको छु', माइन्ड नगर्नु होला है...।‘  घरीघरी उहीकुरा दोहोर्याएर तेहर्याएर लेखपनि तर सबुले त्यता तिर उती चासो दिएकी थिइन । किनकि, गहनाको झैं सबुको पनि आफ्नै घरसंसार थियो । परिवार बालबच्चा अनि श्रीमान् । 

मान्छे, उमेर ढल्केपनि सपना देख्नेले जीवन जिउने कला सिक्नेरहेछन् । त्यसमाथि बाहिरफेर कामकाजिहरुको त कुरै अलग युवती न केटी अथवा अधवैशे । कामको मेलोमेसो बाहेक खोई सोच्ने फूसर्द ? संसारमा ईश्वरले सृष्टि गरेका दुई जात मान्छे, महिला र पुरुष जो आ–आफ्नो ठाउँमा कोही कमजोर छैनन् । तर समाजको घुम्टोभित्र चुलोचौकामा छुनुमुनु महिला कति होलान्, आफ्नै हीनताको शिकार । अतः शंकाले लंका जलाउनुभन्दा आत्मविश्वासका साथ सकारात्मक सोचले अघी बढ्नु पर्छ ।

सबुको मोबाइलमा पुनः म्यासेज, 'बिहे चाहिँ गर्ने हैन तर केही खुल्ला टाइपको छु ', त्यसकारण बोर नमानिदिनु होला...।‘ साँच्चै, उनी अविवाहित नै रहेछन् । तर किन ? त्यो उनको नीजि मामिला थियो । तिनको म्यासेज लेख्ने शैली ‘कस्तो बिना प्रसंग बातको खानी रहेछ' सबुको मन त्यसबेला झस्कियो 'सहरिया रहनसहन कोमान्छे कहाँ जान्छन्, कसका पास पुग्छन् ? सागरसरी भुलभुलैयामा कसलाई कण्ठ होला र प्रत्येकपाइला...।' एकमनले त्योसोचे पनि तर अर्को मनले ‘हैन, विल्कुलै हैन । राम्रो कामको प्रशंसा कमाउन जो समय लाग्छ । तर दुर्गन्ध यति चाँडो फैलिन्छ, त्यो त छिनमै भाइरल...।'

जाडो महिना त्यस्तै, मंसिर या त पुस बिहानको ठिही । रेडियोमा अन्तरवार्ता दिन घडीको सूई मिनेट फरक नपारी हिँडेकी सबु ढीलो त के बरु आधाघण्टा पहिल्यै स्टुडियो पुग्दा रेडियो कर्मी सर हिटर ताप्दैथे । सामुन्नेमा सबुलाई देखेर 'प्लीज कालो चिया है' अर्डर गरे । 

एफएममा औपचारिक कुरा सकेर स्टुडियोबाट बाहिरिनेक्रम सबुको मोबाइल खाली भएन । कारण, भर्खर अन्तरवार्ता सुन्ने जतिले दिल खोलेरै उनको तारिफ या त प्रसंसा अथवा जेभनौं ती त्यति खुशी थिए भने, सबु स्वयंको चै मनमा कस्तो किसिमको ख्याल आइ राख्याथ्यो होला ? तर त्यो ख्यालभन्दा त्यही छेउबाट पनि ती रेडियो कर्मीले ‘भेजे‘ टिङटिङम्यासेज, 'म केही खुल्ला टाइपको छु, तपाईले कुरो बुझ्नु भो नि...?' 'हे फसाद ! बुझिनसक्नु यो मानिसको कुरो जति बेलै खुल्ला टाइपको...?' उही कुरा र्‍याखर्‍याखती  सामु सबुले केही सोच्न सकिरहेकी थिइन ।

पितृसत्ता, हाम्रो नेपाली समाजले सदियौंदेखि महिलालाई दोस्रोदर्जाको नागरिक मात्रै मानेन, भागभोग पनि होचो/निच अथवा पत्रुलाईझैं व्यवहार सोचेजस्तो कहाँ थियो र जीवन । गहनाकै सवाल पनि घरमा त्यस्ताउस्ता व्यावधान, अनेक आरोहअवरोह नभा‘को हैन । तर 'भाग्यमाछ भन्दैमा कतै डोकामा दूध' अडिन्छ ? यो प्रश्न, प्रश्नको लागि यौटा प्रश्न वा जिज्ञासा मात्रै नभएर गहनाको जीवन 'संघर्षको टर्निङ प्वाइन्ट' त्यही थियो, जहाँबाट हिड्न सुरु गरी । 'लेफराइट गोडा' आँखा, सधै सिधा अगाडि बाटो तर्फ । जसै खरायो र कछुवाको कथा । 

आफ्नो लगाव, मिहिनेत अनि धैर्यताको परिणाम गहना समाजमा चिनिदै गई । अलिअलि गरेर फेरिएको उसको दिनचर्या प्रतिभाको कदर सँगै साथीसर्कल पनि बढे । हितैसी र आफन्त कसले के भन्थे, पत्रिकामा फोटो देखे/हेरेकै भर बालसखादेखि देशविदेश अनि परदेश फलानाकी छोरी फलानाकी बुहारी अथवा फलानाकी श्रीमती । प्रेरणादायी भुमिका हौसलाको माध्यम दयारामको प्रत्यक्ष सहयोग सगरमाथाझैं उचो शिरभयो । त्यसबेला अरुको कुरा छाडेर आफ्नै छोराछोरी 'ममीको कमाइ'मा फुर्कीदा संतुष्टीले चौडा फुलेको गहनाको छाती आखिर त्यसदिन जात्रा, के भाथ्यो ? जसको कारणले गर्दा 'नुन खाको कुखुरा'झैं चित्त आकुल थिई ऊ । 

पितृसतात्मक समाज भन्दैमा आमपुरुष वर्ग सबै कहाँ खराब हुन्छन् ? विल्कुल हुदैनन् । त्यसमाथि दयारामको जस्तो स्वभाव न त्यो म्यानेजर भनाउदो थियो । न त्यो रेडियो पत्रकार (जसले महिला हिंसा बिरुद्ध निरीहको आवाज बोल्छु भन्थ्यो) अथवा माथिपङ्तिहरुमा व्याख्या गरिएझैं हिंस्रकचरित्रहरु । उसोभा गहनाको दिल किन, कुन मानसिकताको उपज ठाउँकोठावैँ त्यसरी नमिठो तरङ्ग/ ग्लानी महसुस गरेर कठघरामा थुनिएको अपराधी झैं चुपचाप/सुनसान/निरीह अचम्म हैन त ? 

घरबाट फुर्ती फुर्की हिँडेकी उसले सानो भुल नगरेकी भए कुनै उल्झनको बात हुन्थेन । पुनश्च मन बारम्बार नभक्कानिन अफिसको शाखा नछिर्दै गेटबाटै भए पनि एक कल फोन त्यो पनि कत्रो बुद्धिमानी ठहर्थ्याे । तर ढोकाबाट भित्र कुर्सीमा बस्नासाथै झोलाको हंगामा आखिर त्यस्तो कुन चिज थियो त्यहाँ ? जुन पार्सलले गर्दा गहनालाई अमिलो फिल भयो ।

खासकुरा, पार्सलबारे गहनालाई जो अह्राइएको थियो । सामानको बाहिरी आवरण कागजैकागजले यति बेरेको थियो, त्यसलाई यही/त्यही चिज भनेर कसैले के पत्तो पाउन । अहँ, सक्दैनथे । दोस्रो, मनले जितेकै भए पनि कसैलाई खुशी पार्ने बहाना समय परिस्थिति बिचार नगरी ह्वात्त सार्रखारे नपल्टे पनि उपाय निकाल्न अप्ठ्यारो थिएन । तेस्रो, 'पशुपतिको जात्रा, सिध्राको व्यापार'भनेझैं अर्कोआधुनिक र आश्चर्य कुरा, पछिल्लोपुस्ताका कुन चाहिँ क्षेत्रीबाहुनका सन्तान, जसले नखा‘को अथवा नपिएको चिज होस् त्योझोल जसलाई पिउन ग्लासकाग्लास छाती पिटेरु 'भिटामिन पार्टी भनेपछि तरलताको करामत...हो, त्यही एकबोतल हिूस्की‘ गहनालाई सानो मात्रै भा‘थेन अवगाल...।   
 

धनकुटा, हालः कोटेश्वर, काठमाडौँ