चिन को हौ तिमी ???

चिन को हौ तिमी ???

सब्बु पाठक  |  साहित्य  |  भदौ १३, २०७७

भित्र घृणाको आस्था रोपेर 
कस्तो प्रेमाग्नी सिंचित गर्दैछौ तिमी 
बरु आउ अहंकारको बमन गर 
क्रोधको चट्टान फोड
लालसाका लामा नंग्राले चिथोर
कुण्ठाको कला खोप 
लोभको लालिमा पोत 
धर्मको धरोहर बिसाउ 
आस्थाको अस्तु सेलाउ 
मोहको मुस्लो बाल 
पीडाको पहाड उभ्याउ म माथि 
र, रित्याउ आफूलाइ 
अनि खोज स्वयंलाइ 
अन्तर कुन्तर चहार 
पल पल नियाल 
हर धडकनको स्पन्दन सुन 
इडा पिंगलामा पहिल्याउ 
शुसुप्त नाडी जागृत गराउ
को हुँ म मा मस्त बन
किन जन्मिएँ जान 
सतमा समाहित होउ
चितमा चित्त लगाउ 
तर, आनन्दमा अभिशप्त नबन 
परम सत्य उद्घाटित गर 
जागृत गराउ आफूलाइ 
     र, चिन 
वास्तवमा तिमी को हौ ???