डेब्यु खेलमै वेर्नरको गोल, प्रि सिजनमा चेल्सी बराबरीमा रोकियो

डेब्यु खेलमै वेर्नरको गोल, प्रि सिजनमा चेल्सी बराबरीमा रोकियो

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १४, २०७७

एजेन्सी । प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सी र ब्राइटनले १–१ गोलको बराबरी खेलेका छन् । गएराति भएको मैत्रीपूर्ण खेलमा सुरुवाती अग्रता जोगाउन नसक्ने चेल्सी बराबरीमा रोकिएको हो । 

खेलको चौंथो मिनेटमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनको चेल्सीका लागि डेब्यु खेलमै गोल गरेका हुन् । वेर्नर यसै सिजन जर्मन क्लब आरबी लेइप्जिगबाट चेल्सी आएका हुन् । 

खेलको ९० औं मिनेटमा ब्राइटनका लागि पास्कल ग्रोसले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । अर्को मैत्रीपूर्ण खेलमा टोटेनहमले बर्मिघम सिटीलाई १–० ले पराजित गरेको छ ।