मन स्थिरताकाे खोजी : प्राणायाम श्वास अर्थात् प्राणलाई नियन्त्रणमा राख्ने विज्ञान

मन स्थिरताकाे खोजी :  प्राणायाम श्वास अर्थात् प्राणलाई नियन्त्रणमा राख्ने विज्ञान

सेबिका सुवेदी  |  दृष्टिकोण  |  भदौ १४, २०७७

मानव मन जति अदृश्य छ त्यति नै शक्तिशाली पनि छ । यदि हाम्रो मन सकारात्मक भए, हाम्रो सोच विचार, कर्म व्यवहार सकारात्मक नै बन्दछ । सकारात्मक कर्म र व्यवहारले मानिसलाई देवता समान बनाई दिन्छ र यही मन नकारात्मक भए क्षण भरमा हामीलाई नरकमा समेत पुर्‍याई दिन्छ । मनमा जस्तो प्रकारको भाव हाबी हुन्छ, हाम्रो कर्म व्यवहार त्यही दिशातर्फ अघि बढ्छ । मनमा उब्जेका नकारात्मक भावले अशान्ति, तनाव, बेचैन असफलता बढ्दै शारीरिक अस्वस्थतासम्म निम्त्याई दिन्छ । सकारात्मक भावले सकारात्मक विचार ल्याइदिन्छ फलस्वरूप उमङ्ग, खुसी आत्मविश्वास, शान्ति र स्वस्थता बढ्दछ । 

मनोविद्हरूले भनेका छन्–मानव मन सुपर कम्प्युटर भन्दा कम छैन,  त्यसले मनको नियन्त्रण गर्न त्यति नै कठिन पनि छ । एक विषय वा क्षेत्रमा नियन्त्रण गर्‍यो तत्काल अर्को तर्फ बहकिन्छ । अनावश्यक बितिसकेका कुरा भविष्यको कल्पना जस्ता कुराले मान्छेको मन हरपल दौडिरहेको हुन्छ वा मन वर्तमानमा आउन चाहँदैन । मन जिते जगात जितिन्छ भने जस्तै जसले मनलाई आफ्नो काबुमा राख्न सक्छ उसले मात्र असली मानव जीवनको अस्तित्वलाई बोध गर्न सकेको हुन्छ । शरीर र मनको तालमेल नभएसम्म मान्छे भ्रम अज्ञानता र अन्योलमा नै जीवन बिताइरहेको हुन्छ । कतिले भौतिक सुख, सुविधा पाएर पनि सुखी र खुसी हुन सकिरहेका हुँदैनन् भने कतिले अभावमा पनि आफूलाई सन्तुष्ट राख्न सकेका हुन्छन् कारण मन नै हो ।

मन मानिसको भौतिक शरीर भन्दा परको कुरा हो,मन सूक्ष्म शरीरको उपज हो यो भौतिक आँखाले मनलाई देख्न सक्दैन मात्र अनुभूति गर्ने हो । त्यसैले त मन यही हो भनेर कसैले ठोकुवा गरेर भन्न सकिरहेको पाइँदैन । भौतिक विज्ञान र मनोविश्लेषकहरुले पनि मनको विषयमा फरक फरक धारणा राखेको पाइन्छ । अध्यात्म विज्ञानका अनुसार, मनमा व्यक्तिका स्मृतिहरू जन्मौँ जन्म देखि शृङ्खलाबद्ध भएर बसेका हुन्छन् । शरीर मरेर नष्ट भए पनि अन्तर मनका स्मृतिहरू हंससङै यात्रा गरिरहन्छन् त्यसैले त मन यति जटिल र परिभाषित छ ।

भौतिक सुख सुविधाले मान्छेलाई जति सक्षम र सबल गराए पनि मानसिक रुपमा भने अशान्त, एक्लो र कमजोर बनाउँदै गइरहेको अवस्था त्यस माथि विश्वभर मानव समुदायमा चुनौती स्वरुव देखा परेको कोरोनाका कारण हर कोही व्यक्ति मानसिक विचलनमा हुनु स्वाभाविक हो । यस्तो विपतको अवस्थामा सबैले आफूलाई संयम, धैर्यताका साथ अघि बढ्न मनलाई हरपल स्थिर र नियन्त्रणमा राख्नु सबैको लागि अत्यावश्यक हुन्छ ।

आज भोलि अस्वस्थ खानपान, दैनिक क्रियाकलाप, शारीरिक भन्दा बढी मानसिक व्यस्तताका कारण मन अशान्त हुने, निन्द्रा नलाग्ने, चिड्चिडाहपन, निराशा, रिस, ईश्र्या, डाहा जलन नकारात्मक सोच हाबी हुनु जस्ता असामान्य मानसिक रोगले दिनानुदिन मान्छे ग्रसित बन्दै गई रहेका छन् । असीमित आवश्यकता पुरा गर्ने दौडमा दौडँदा दौडँदै भ्रम र असत्यको जालोमा लपेटिएर मान्छेले आफ्नै मनलाई चिन्न र नियन्त्रण गर्न सकिरहेको छैन ।

यही मनको असन्तुष्टि, बेचैन र प्रतिशोध स्वरूप आज समाजमा मान्छेले पशुले भन्दा घृणित व्यवहार गरिरहेको छ । सोच्नै नसकिने निकृष्ट अमानवीय व्यवहार नकारात्मक मानव मनका उपज हुन् । मन अति अस्थिर र चञ्चल हुन्छ ।  यसको नियन्त्रण गर्न सकिएन भने जुनसुकै समय जो कहिले जस्तो सुकै नकारात्मक कर्म गर्न सक्छ । यसर्थ हरेकले आफ्नो मनको भावलाई बुझेर नकारात्मक भए सकारात्मक दिशा तर्फ बदल्न प्रयत्न गर्नु पर्छ । मनलाई शान्त,शुद्ध ,पवित्र, निश्चल, निर्मल बनाउने भौतिक विज्ञानले कुनै औषधि निर्माण गरेको छैन ।

 त्यसैले आजभोलि मनलाई शान्त गराउनकै लागि धेरै मानिसले अध्यात्मको सहारा लिन थालेका छन् । जब हामी मानसिक रुपमा अस्वस्थ हुन्छौ बिस्तारै त्यसको नकारात्मक प्रभावले शारीरिक रुपमा पनि अस्वस्थ र कमजोर बन्न थाल्दछौ । त्यसैले शारीरिक भन्दा मानसिक रोग जटिल र भयानक हुन्छ । हामी मानसिक समस्यामा पर्छौ, तब साथीभाइ, आफन्त,मन विज्ञद्वारा विभिन्न प्रकारका सल्लाह, सुझाव, हौसला, प्रेरणा पाउँछौ तर ती सब क्षणिक हुन्छन् सुन्दासम्म मन केही शान्त हुन्छ । पुनः पुरानै लयमा फर्कन्छ । त्यसैले मनलाई नियन्त्रण गरी सकारात्मक दिशामा डोर्‍याउन आफैले प्रयत्न गर्नुपर्छ ।

मनलाई स्थिर र नियन्त्रण गर्ने धेरै उपायहरू छन् त्यस मध्ये सबैले सजिलै सहजै गर्न सक्ने प्राणायाम क्रिया, विधि र यसका फाइदा बारे चर्चा गर्दै छु ।

मनलाई नियन्त्रण गर्ने, स्थिर राख्ने अचुक उपाय प्राणायाम हो । जसरी लगाम विना घोडा काबुमा ल्याउन सकिन्न, त्यसरी नै प्राणायाम विना मन काबुमा ल्याउन सकिँदैन । प्राणायाम श्वास अर्थात् प्राणलाई नियन्त्रणमा राख्ने विज्ञान हो । मानव मेरुदण्डको सुषुम्ना नाडीमा निरन्तर प्रवाहित ऊर्जालाई प्राण भनिन्छ । प्राण शरीरको सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो । यही प्राण शक्ति हाम्रो नसा र रगतमा प्रवाहित हुन्छ । यही प्राणले शरीरलाई जीवित राख्दै व्यवस्थित रुपमा कार्य गरेको हुन्छ । जब प्राण शरीरबाट निस्कन्छ । मानिसको मृत्यु भयो भन्ने गरिन्छ ।

मानव शरीरमा प्राण शक्ति नाक बाट चल्ने श्वास प्रश्वासको रुपमा प्रवाहित हुन्छ । निरन्तर निःशुल्क प्रवाहित भई रहने हुँदा हामी धेरैले यसको महत्त्व र चालको विषयमा बेवास्ता गरिरहेका हुन्छौ । श्वासको प्रवाहमा ध्यान दिएर अत्यधिक प्रवाहलाई रोक्नु दीर्घ र स्वस्थ जीवनको लागि अत्यावश्यक हुन्छ ।

नाकको प्वाल अर्थात् नसारन्धबाट चलिरहने श्वासको प्रवाह लाई स्वर अर्थात् स्वर चल्नु भनिन्छ । स्वर तीन प्रकारका हुन्छन् ।

दायाँ श्वरः–दायाँ नसारन्ध बाट सास चलिरहँदा त्यसलाई दायाँ स्वर भनिन्छ । यसको यौगिक नाम पिँङ्गला हो । यो स्वर चलिरहँदा शरीरमा तीव्र ऊर्जा प्रवाह हुन्छ । त्यसैले यसलाई सूर्य स्वर पनि भनिन्छ ।

बायाँ श्वरः –बायाँ नसारन्ध बाट सास चलिरहँदा त्यसलाई बायाँ स्वर भनिन्छ । यसको यौगिक नाम ईडा हो । यो स्वर चल्दा शरीरमा तुलनात्मक रुपमा सूर्य स्वर भन्दा कम ऊर्जा उत्पन्न हुन्छ । यसलाई चन्द्र स्वर भनिन्छ ।

मध्य श्वरः–दुबै नाकको प्वालबाट तीव्र श्वास चलिरहँदा मध्य स्वर भनिन्छ । यसको यौगिक नाम सुषुम्ना हो । यसरी स्वर चल्दा शरीरमा ऊर्जाको प्रवाह सन्तुलित भएको हुन्छ । शरीरको आवश्यकता अनुसार दायाँ बायाँ स्वरलाई सन्तुलन गर्दछ ।

हरपल मनलाई नियन्त्रण गर्दै स्वस्थ र दीर्घ जीवनका लागि स्वर सन्तुलित हुनु अति आवश्यक हुन्छ । यसको सन्तुलन नहुँदा मन अनियन्त्रित हुन्छ जस कारण मानिसले आफ्नो भाव, विचार, कर्म, व्यवहारमा सन्तुलन कायम राख्न सक्दैन । त्यसैले प्राणायामको प्रमुख उद्देश्य ईडा, पिगला दुबै स्वरलाई खुलाई सुषुम्नालाई स्वस्थ रुपमा सञ्चालन गराउनु हो ।

प्राणायाम गर्नु पूर्व ध्यान दिनु पर्ने कुराहरू 

प्राणायाम विधि

प्राणायामको फाईदा

भौतिक सुख सुविधाले मान्छेलाई जति सक्षम र सबल गराए पनि मानसिक रुपमा भने अशान्त, एक्लो र कमजोर बनाउँदै गइरहेको अवस्था त्यस माथि विश्वभर मानव समुदायमा चुनौती स्वरुव देखा परेको कोरोनाका कारण हर कोही व्यक्ति मानसिक विचलनमा हुनु स्वाभाविक हो । यस्तो विपतको अवस्थामा सबैले आफूलाई संयम, धैर्यताका साथ अघि बढ्न मनलाई हरपल स्थिर र नियन्त्रणमा राख्नु सबैको लागि अत्यावश्यक हुन्छ ।