डिशहोमले सिनेमाघर ५५५ सञ्चालनमा ल्याउँदै, भाद्र १९ देखि चलचित्र 'चच हुई' प्रदर्शन हुने

डिशहोमले सिनेमाघर ५५५ सञ्चालनमा ल्याउँदै, भाद्र १९ देखि चलचित्र 'चच हुई' प्रदर्शन हुने

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १५, २०७७

ललितपुर । विश्वको विभिन्न देशमा सफल भएको प्रविधि 'पे पर भ्यू' सेवा नेपालमा नै पहिलो पटक डिशहोमले सञ्चालनमा ल्याउन लागिएकाे  जानकारी  दिएकाे छ ।  

डिशहोमका अनुसार  'पे पर भ्यू' सेवा मार्फत न्युनतम मुल्यमा घरमा नै बसेर नयाँ नेपाली सिनेमा परिवार संग बसेर हेर्न सकिने सिनेमाघर च्यानल कम्पनीले सञ्चालन गरिरहेको छ । डिशहोमले सिनेमाघर च्यानल नं. १०८ र ८८८ सफलताका साथ सञ्चालन पश्चात ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर  डिशहोमले सिनेमाघर ५५५ डिशहोममा ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको हाे ।

यही भाद्र १९ गते शुक्रबार देखि सिनेमाघर च्यानल नम्बर ५५५ मा आर्यन सिग्देल, मिरूना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ आदी अभिनित तथा साम्तेन भुटिया निर्देशित हाँस्यप्रधान् रमाइलो चलचित्र 'चच हुई' प्रदर्शन हुँदैछ । सिनेमाहलका पहुँच नभएका दुर दराजका ग्राहकहरुले अव छानी छानी नयाँ नयाँ नेपाली सिनेमा परिवारसँगै बसेर सजिलै हेर्न पाउने व्यास्वस्था  डिशहोमले मिलाएकाे छ ।  आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

सिनेमाघरले सुरुवातवाट नै ग्राहकहरुको माया पाएको थियो जसको उदाहरण सुरुवातमानै प्रदर्शनमा आएको धुम २ सिनेमाले गरेको उल्लेख्य व्यापारले प्रमाणित गरेको थियो । सिनेमाघरले दुर दराजमा रहेका र सिनेमाहलको पहुँच नभएका ग्राहकका लागी नयाँ सिनेमा हेर्न सहज वनाएको छ । विभिन्न समयमा प्रदर्शनमा आएका सिनेमाहरु रुद्र प्रिया, जय भोले, दालभात तरकारी, पोइ पर्‍यो काले, छ माया छपक्कै, कबड्डी कबड्डी कबड्डी, रातो टिका निधारमा, घामड सेरे, आमा, ए मेरो हजुर ३, छक्का पञ्जा ३, कोपिलाले उत्कृष्ट सफल व्यापार गरिसकेकाे जानकारी समेत  दिएकाे छ । 

 जसका कारण ग्राहकलाई मनोरञ्जन र चलचित्र निर्माताहरु लाई थप आम्दानीको वाटो थपिएको छ । डिशहोमले सिनेमाघरमा प्रदर्शन हुने चलचित्रको सुरक्षालाई पनि विशेष ध्यान दिने गर्दछ सिनेमाघरमा प्रदर्शनमा आएका चलचित्रको पाइरेसी हुन नदिनका लागी चलचित्र अन्य माध्यम माफर्त रेकर्ड भएको पाईएमा 'सेट टप वक्स ट्रयाक' गर्ने सिस्टमको विकास समेत गरि सकेके छ । 

विगत १० वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटड 'पे टिभी' इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर सञ्चारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय बिक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको छ ।

डिशहोमका ग्राहकहरुको सहजताका लागी २४ सै घण्टा सञ्चालन हुने ग्राहक सेवा केन्द्र, देशको विभिन्न स्थानमा कम्पनीको आफ्नै सर्भिस सेन्टर, हरेक गाउँपालिका र नगरपालिकामा डिलर, सवडिलर, सर्विस फ्रेन्चाईज र प्राविधिक उपलव्ध,  फण्ड ट्रान्सफर मार्फत सजिलै रिचार्ज गर्ने सुविधा, ग्राहकहरुको मनोरञ्जनका लागी आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु रमाईलो, एक्सन स्पोर्टस, गुञ्जन, के पप, भोजपुरी म्याजिक जस्ता च्यानलहरु सञ्चालन गरिरहेको छ । साथमा ग्राहकहरुको सुविधाको लागी मिसकल मार्फत क्रेडिट सेवा लिन सकिने सुविधा कम्पनीले दिएको छ । क्रेडिट सेवा लिनका लागी ९८०११२२३३३ मा मिसकल गर्न सकिने समेत डिशहोमले प्रवन्ध मिलाएको जनाएकाे छ ।