लियोनद्वारा लगातार पाँचौंपटक महिला च्याम्पियनसिपको उपाधि कब्जा

लियोनद्वारा लगातार पाँचौंपटक महिला च्याम्पियनसिपको उपाधि कब्जा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १५, २०७७

फ्रेन्च क्लब लियोनले लगातार पाँचौं पटक महिला च्याम्पियनसिप फुटबलको उपाधि हात पारेको छ । 

स्पेनको सन सेबास्टियनमा गएराति भएको फाइनलमा जर्मन क्लब वुल्फ्सबर्गलाई ३–१ ले पराजित गर्दै लियोनले उपाधि जितेको हो । 

लियोनका लागि पहिलो हाफमा युजिन ली सोमर र साकी कुमागाई तथा दोस्रो हाफमा सारा ब्जोर्कले गोल गरेका थिए ।  एलेक्सान्ड्रा पोप्पले वुल्फ्सबर्गका लागि एक गोल फर्काइन् ।
सन् २०१० यता युरोपमा महिला फुटबलको ठूलो प्रतिस्पर्धामा ९ औं पटक फाइनलमा पुगेको लियोनले समग्रमा सातौ उपाधि जितेको हो ।