प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री

प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ १५, २०७७

गण्डकी । सामाजिक क्षेत्रमा क्रियाशील नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले परियोजनाको तेस्रो चरणअन्तर्गत त्यसको रोकथाम र नियन्त्रणमा पूर्ण सावधानी अपनाउन ती सामग्री प्रदान गरेको हो । संस्थाका तर्फबाट ल्गोभ्स, मास्क, सेनिटाइजर, फेस सिल्ड, हेड कभर र केएन ९५ मास्क गरी कूल एक लाख दुई हजार ४१० बराबरको सामग्री प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरियो । 

सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष एकदेव देवकोटाले महामारीमा रोगले भन्दा पनि मनोरोगले सबैलाई आक्रान्त पारेको बताउँदै संस्थाका तर्फबाट त्यसमा थप सहजीकरण गर्ने बताउनुभयो । विभिन्न माध्यमबाट कोरोना भाइरसको नकारात्मक धारणालाई चिर्दै सर्वसाधारणले रोगसँग लड्ने हौसला बढाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । प्रहरी उपरीक्षक श्रेष्ठले नेलम्बो नेपालले सराहनीय कार्य गरेको चर्चा गर्दै संस्थालाई स्वास्थ्य सुरक्षा एवं सचेतनालगायतका थप क्रियाकलाप गर्न आग्रह गर्नुभयो ।