दर्शनाचार्यका विद्यार्थीद्वारा सर्वोच्चको फैसला सच्याउन माग (विज्ञप्तिको पूर्ण पाठसहित)

दर्शनाचार्यका विद्यार्थीद्वारा सर्वोच्चको  फैसला सच्याउन माग (विज्ञप्तिको पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  शिक्षा  |  भदौ १५, २०७७

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरका दर्शनाचार्य (एम.फिल.) तहका सम्पूर्ण विद्यार्थीहरूले २०७७ भदौ १४ गते आइतबार एक . प्रेस विज्ञप्ति जारी गरी सवारी साधनमा अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने भन्ने सर्वोच्च अदालतको फैसला तत्काल सच्याउन माग गरेको छ । 

दर्शनाचार्य (एम.फिल.) तहका सम्पूर्ण विद्यार्थीहरूका संयोजक वृषराज रेग्मीद्वारा हस्ताक्षर गरिएको  विज्ञप्तिमा ‘अन्तर्राष्ट्रिय अभ्यासअनुरूप हाम्रो सन्दर्भमा पनि इम्बोस्ड नम्बर प्लेटमा सुरुमा देवनागरी लिपि र त्यसपछि मात्र रोमन लिपिको प्रयोग गर्नु उपयुक्त हुन्छ । सम्बन्धित निकायले समयमै यस फैसलालाई सच्याउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ भनिएको छ । 

साथै विज्ञप्तिमा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूद्वारा सञ्चालित अभियानप्रति ऐक्यबद्धता जनाउँदै सवारी साधनमा अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने भन्ने सर्वोच्च अदालतको फैसला तत्काल सच्याई इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य रूपमा नेपाली भाषाको प्रयोग गर्न जोडदार माग गर्दछौँ । अन्यथा हामी कडा कदम चाल्न बाध्य हुनेछौँ ।’ भनिएको छ । 

यस्तो छ विद्यार्थीहरूद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ