एक हजार डलर धनराशीको भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता हुने

एक हजार डलर धनराशीको भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता हुने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ १५, २०७७

काठमाडौं । हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलरको 'भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता' आयोजना  गर्ने जनाएको छ ।

हेम सरिता पाठक फाउन्डेसनद्वारा  गठित भ्रष्टाचार विरूद्ध गीत प्रतियोगिता तयारी समितिका संयोजक राधेश्याम लेकालीले दिनु भएको जानकारी अनुसार उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०७७ मङ्सिर मसान्तसम्म तोकिएको  छ ।
अमेरिकामा बसोबास गर्दै आउनु भएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले उक्त रकमको ब्यवस्था गर्नु भएको हो । यसअघि पनि एक हजार डलरको 'भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता'घोषणा भइसकेको छ ।

फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ ।

 हेम सरिता पाठक फाउन्डेसनले विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको आयोजना गर्ने कुरा जानकारी गराउँदै  गीत  भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ ।

यस प्रतियोगितामा  सहभागी का लागि दशबुँदा ध्यान दिनको लागि आग्रह र आब्हान समेत छ । 

१‍.आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ । 
२. गीत रेकर्ड गरेको हुनुपर्नेछ । 
३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र  अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वत् अस्वीकृत हुनेछन् ।
४. एकजना गीतकारले एउटा  मात्र गीत पठाउन सक्नेछन । एकभन्दा बढी आएमा स्वतः  बदर हुनेछन् । 
५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ । 
६. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वत् अस्वीकृत हुनेछ ।
७‍. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ । 
८. गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०७७ मङ्सिर मसान्तसम्म हुनेछ। 
९. पुरस्कार  नगद १०००/-   युएसडलर (प्रमाणपत्रसहित) हुनेछ।
१०.  यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ । 
सम्पर्क

Email : hemsaritapathak@gmail.com Phone No : 9851059354