विप्लव समूहले दियो सरकारविरुद्ध कडा बन्ने चेतावनी

विप्लव समूहले दियो सरकारविरुद्ध कडा बन्ने चेतावनी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १२, २०७५

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफ्ना कार्यकर्र्ता गिरफ्तार गरेकोप्रति आपत्ति जनाएको छ । पार्टीका पूर्वी कमान्ड इन्चार्ज विरहीले सोमबार एक विज्ञप्ति जारी गर्दै गिरफ्तार परेका पार्टीका नेतालाई तुरून्त रिहा नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छनर ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा बादललालाई केपी बादल कम्पनीको संज्ञा दिँदै सामाजिक फाँसीवादतर्फ पतन भएको विप्लव समूहको आरोप छ । विरहीले सोमबार विज्ञप्ति मार्फत यस्तो संज्ञा दिएका हुन् ।

‘केपी–बादल कम्पनी सामाजिक दलाल पूँजीवादबाट सामाजिक फासिवादतर्फ पतन हुँदैछ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध र पछिल्लो समय नेता कार्यकर्ताको गिरफ्तार फासिवादको भद्दा नमूना हो ।’

पार्टीका कोशी ब्युरो संयोजक धनश्याम श्रेष्ठ र ब्युरो सदस्य माधव गौतमलाई अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको समेत पार्टीको आरोप छ ।