तोलामा ९०० बढ्यो सुनको भाउ

तोलामा ९०० बढ्यो सुनको भाउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १६, २०७७

तोलामा ९०० बढ्यो सुनको भाउ 
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९मंगलबार० छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँ बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ।