महिलालाई उद्यमशील बनाउँदै सहकारी

महिलालाई उद्यमशील बनाउँदै सहकारी

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १६, २०७७

भीमाद नगरपालिका–९ भानुमतीस्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीले महिलालाई उद्यमशील बन्न प्रेरित गरेको छ । घरको चुलाचौकामा सीमित रहने यहाँका महिला अहिले उद्यमशील बनेका छन् ।नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना सञ्चालन गरेपछि यहाँका महिला उद्यमशील बन्न थालेका हुन् । महिला सहकारीमार्फत सञ्चालित परियोजनापछि यहाँका महिला बाख्रापालनतर्फ आकर्षित हुँदै गएको सहकारीका अध्यक्ष देवी मोक्तानले जानकारी दिनुभयो ।

'सहकारी संस्थाले उद्यमी बन्न प्रेरित गरेसँगै यहाँका महिलाहरु उद्यमी बन्न थाल्नुभएको छ', उहाँले भन्नुभयो, 'घरको चुलोचौकामा व्यस्त रहने महिला घरको कामसँगै बाख्रापालनमा हुनुहुन्छ ।' उक्त सहकारीमा ३७२ महिला आबद्ध छन् । सहकारीमा आबद्ध महिलाले कम्तीमा तीनदेखि ४६ वटासम्म माउ बाख्रापालन गरेका छन् । सहकारीमा आबद्ध महिलाको जीवनस्तर उकास्न हलेदो, बेमौसमी तथा मौसमी तरकारी खेतीका लागि पनि सहयोग गरिएको सहकारीका सचिव सुमाया थापाले जानकारी दिनुभयो । 

महिलाले पालेका खसीबोका बिक्रीका लागि सहकारीले नै बजारीकरणको व्यवस्था गर्दै आएको छ । बन्दाबन्दीका समयमा पनि सहकारीमार्फत २५ लाख रुपैयाँ बराबरको खसीबोका बिक्री भएको थियो । उक्त अवधिमा ११६  खसीबोका बिक्री भएको सहकारीले जनाएको छ ।

कोरोना कहरका कारण भएको बन्दाबन्दीका क्रममा पनि सहकारीले सहज रुपमा खसीबोका बिक्रीका लागि बजारीकरणको व्यवस्था मिलाएको सहकारीका अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । 'कृषकले पालेका खसीबोका बन्दाबन्दीका क्रममा बिक्री हुन्नन् कि भन्ने चिन्ता थियो, विगतका वर्षदेखि नै सहकारीले खसीबोका बिक्री गर्ने गरेकाले यस अवधिमा पनि सहज रुपमा खसीबोका बिक्री गर्न सफल भयौँ', मोक्तानले भन्नुभयो ।

उहाँका अनुसार बन्दाबन्दीका अवधिमा ४६ खसी बिक्रीमार्फत सात लाख नौ हजार ८०१ र ७० व्याड बोका बिक्रीमार्फत  १७ लाख ९१ हजार ७५० रुपैयाँ आम्दानी भएको छ । बन्दाबन्दीका क्रममा पनि सहकारीमा आबद्ध कृषक आफूले पालेका खसीबोकाको बजारीकरण भएपछि  खुशी भएका छन् । सहकारीका सदस्य एवं बाख्रापालक कृषक लुमाया थापाले छ  खसी बिक्री गर्दा एक लाख ५३ हजार रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो । 'विषम परिस्थितिमा पनि खसी बिक्रीबाट भएको आम्दानीले गर्जो टर्‍याे', उहाँले भन्नुभयो । 

सहकारीले सोही अवधिमा चार लाख ४१ हजार २०० रुपैयाँ को चोकर बिक्री गरेको छ । सहकारीले  चार लाख ३० हजार ४०० मा चोकर खरीद गरेको थियो । बन्दाबन्दी अवधिमा सहकारीले छ लाख ६४ हजार बचत सङ्कलन गर्न सफल भएको छ भने  सात लाख ३० हजार ७०० ऋण लगानी गरेको छ । यसै अवधिमा पाँच लाख चार हजार किस्ता असूली भएको छ ।