गीतकार गोपालचन्द्र राईको 'सुँगुरे माया' बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गीतकार गोपालचन्द्र राईको 'सुँगुरे माया' बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ १६, २०७७

काठमाडौँ, १५ भदौ । गीतकार गोपालचन्द्र राईको ‘सुँगुरे माया’को म्युजिक भिडियो युट्युब मार्फत  सार्वजनिक  गरिएको छ । 

म्युजिक भिडियोमा  गायक रूप कुमार राईको स्वर, सङ्गीत तोरेम्पा हाङ र सङ्गीत संयोजन फणीन्द्र राईले गर्नु भएको छ ।  पूर्वेली भाकामा रहेको गीतको  मेक्सिङ मिन विष्ट ले गर्नु भएको हो । 

भिडियोमा  विल्सन विक्रम राई (तक्मे बुढा), सुरेन्द्र केसी (मुलाको साग) र अन्जली अधिकारीको  अभिनय गर्नु  भएको छ । । भिडियो नवराज उप्रेती, नृत्य निर्देशनमा चर्चित नृत्य निर्देशक कमल राई र सम्पादन मनोज कार्कीले  गर्नु भएको छ । 

Takmebudha.com युट्युब च्यानलबाट सार्वजनिक  गीतमा गरिबीपन र पछ्यौटेपनको कारण धेरै सन्तानहरू हुने तर आर्थिक अभाव भएको कारण झर्को फर्को गर्ने  मायालाई 'सुँगुरे माया'को संज्ञा दिएको गीतकार राईले जानकारी दिनु भएको छ ।

राईको केही समय अघि ‘रुँदा रुँदै हासेको मान्छे म’ गीत सार्वजनिक भइसकेको छ भने  सय बढी गीत लेखि सक्नु भएका राई नेपाल आयल निगम कर्मचारी सङ्घको आधिकारिक ट्रेड युनियनका अध्यक्ष समेत हुनहुन्छ ।

'सुँगुरे माया’ म्युजिक भिडियो यहाँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ ।