भोजपुरको अरुण गाउँपालिकामा कोरोनाबाट जोगिन सचेतना अभियान साथमा मास्क र साबुन वितरण

भोजपुरको अरुण गाउँपालिकामा कोरोनाबाट जोगिन सचेतना अभियान साथमा मास्क र साबुन वितरण

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १६, २०७७

भोजपुर । तराई–मधेश, चुरे–पहाड हुँदै विस्तारै हिमाली क्षेत्रतिर पनि नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ । यस्तो बेला समाजमा सचेतना जगाउन सचेत नागरिक र सम्बन्धित संघ–संस्था लागिरहेका छन् । 

यसै क्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, भोजपुरले ‘समुदायमा आधारित विपद् जोखिम न्युनिकरण (सीबीडीआरआर) अभियान सञ्चालन गरिरहेको  जनाएकाे  छ । विश्वव्यापी महामारीको रूपमा व्याप्त कोरोना भाइरस (कोभिड–१९)  विरुद्ध कसरी सतर्कता र सावधानी अपनाउने र यसबाट कसरी जोगिने भन्ने विषयमा जन सचेतनामूलक अभियान चलाइएको  छ  । 

अभियान अन्तर्गत भौतिक दूरी कायम गर्दै उच्च सतर्कताका साथ अरुण गाउँपालिका–७ का खाल्ले र मैदानेका पन्ध्र घरधुरीलाई मास्क र साबुन वितरण गरिएको थियो ।

त्यसक्रममा खानेपानीको स्वच्छता र शद्धिकरण सम्बन्धी विधि,  घरआँगनको सरसफाई, हात धुने र मास्क लगाउने तरिका आदिका बारेमा अभिमुखीकरण तथा व्यवहारिक अभियान सञ्चालन गरिएको सोसाइटीका सामाजिक परिचालक कुरमार थापाले जानकारी गराउनु भएकाे छ । 'यो अभियान पालिकाका अन्य वडामा पनि सञ्चालन हुनेछ ।'  उहँले भन्नस भयो  । कार्यक्रमको सहजीकरण महिला स्वास्थ स्वयं सेविका कल्पना राई धमलाले गर्नु भएकाे थियाे । 

तिलक थापा/भोजपुर