६ वर्ष बार्सिलोनाबाट खेलेपछि सेभिया फर्किए राकिटिक

६ वर्ष बार्सिलोनाबाट खेलेपछि सेभिया फर्किए राकिटिक

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १७, २०७७

सेभियाले पूर्व कप्तान इभान राकिटिकलाई पुनः क्लबमा अनुबन्धन गरेको छ । सेभियाले ६ वर्षपछि पूर्व कप्तान राकिटिकलाई बार्सिलोनाबाट फर्काएको हो । 

राकिटिक ६ बर्षअघि सेभियाबाट बार्सिलोना गएका थिए । उनले सेभियाबाट १ सय ४९ खेलमा ३२ गोल सहित ४१ गोलको अवसर सिर्जना गरेका थिए । उनको कप्तानीमा सेभियाले सन् २०१४ मा युरोपा लिगको उपाधि जितेको थियो ।

आफू पुनः सेभिया फर्किने पुरानो बाचा पूरा गरेका हुन् । उनले बार्सिलोनामा पछिल्लो एक बर्ष निकै खराब समय बिताए । खराब प्रर्दशन र नतिजाका कारण बार्सिलोनाले एक बर्षको अन्तरमा अर्नेस्टो भाल्भर्डे र क्विक सेटियनलाई बर्खास्त गरेको थियो । 

राकिटिकले पछिल्लो सिजन बार्सिलोनामा अधिकांश समय बेच्नमा बिताएका थिए । कोएसियन मिडफिल्डर राकिटिकको आगमनले जुलेन लुपेटीगुइको नेतृत्वको सेभियालाई भने राहत मिलेको छ । 

सेभियाले भर्खरैमात्र रियल मड्रिडबाट स्पेनिस फरवार्ड ओस्कार रोड्रिग्वेजलाई अनुबन्धन गरेको छ । इन्टर मिलानलाई हराउदै सेभियाले युरोपा लिगको उपाधि जितेको थियो ।