इंग्ल्याण्डमाथि पाकिस्तानको ५ रनको रोमाञ्चक जीत

इंग्ल्याण्डमाथि पाकिस्तानको ५ रनको रोमाञ्चक जीत

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १७, २०७७

तेस्रो टी–२० क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डमाथि ५ रनको रोमाञ्चक जीत हात पारेको छ । योसँगै तीन टी–२० को शृङ्खलामा पाकिस्तानले १–१ को बराबरी गरेको छ ।

१९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई अन्तिम दुई बलमा जितका लागि १२ रन आवश्यक थियो । पहिलो बलमा टम कुरानले छक्का प्रहार गरे ।

अन्तिम बलमा इंग्ल्याण्डलाई जितका लागि पुनः छक्का नै चाहिएको थियो । तर ह्यारिस राउफले छक्का प्रहार गर्न नसकेपछि पाकिस्तान बिजयी भएको हो । 

इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १८५ रन बनाएपछि पाकिस्तान ५ रनले विजयी भएको हो । म्यान्चेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४ विकेटको नोक्सानीमा १९० रन बनाएको थियो । 

उसका लागि मोहम्मद हाफीजले ८६ तथा हैदर अलिले ५४ रनको योगदान दिएका थिए ।