कोरोना भाइरस संक्रमणबाट भैरहवामा थप एक जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट भैरहवामा थप एक जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १७, २०७७

कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भैरहवामा रहेको भिम अस्पतालमा उपचारत नवलपरासी पश्चिम रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीय महिलाको गएराति उपचारका क्रममा मृत्यु भएको हो । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रेफर भई भैरहवास्थित भीम अस्पतालमा उपचाररत ती महिला उच्च रक्तचाप, र मधुमेहको रोगी समेत थिइन् । 

बुटवलमा आइसियु बेड खाली नभएपछि १५ भदौमा उनी भीम अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । उनमा १४ भदौमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

यसअघि पनि भीम अस्पतालमा गैडहवा गाउँपालिका–३ का ५० वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।