जुम्लामा कैदीबन्दीसहित ३९ जनामा कोरोना संक्रमण

जुम्लामा कैदीबन्दीसहित ३९ जनामा कोरोना संक्रमण

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १७, २०७७

जुम्लामा कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ३९ जनामा सङ्क्रमण देखिएको हो । 

जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण जुम्लाका चार कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मङ्गल रावलले जानकारी दिए । 

त्यसैगरी तिला गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा दुई, सिञ्जा गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा एक, कनकासुन्दरी गाउँपालिमा एक, पेस नेपालका कर्मचारी एक, कृषि कार्यालयका एक गरी ३९ जनामा कोरोना सङ्क्रमण देखिएको हो । 

जुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ११ र हिमा गाउँपालिकाको आइसोलेसनमा रहेका २१ गरी ३२ जना डिस्चार्ज भएका छन् ।