ट्राफिक प्रहरीले सुरु गर्‍यो नमस्कार अभियान

ट्राफिक प्रहरीले सुरु गर्‍यो नमस्कार अभियान

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १७, २०७७

जिल्ला ट्राफिक कार्यालय तनहुँले सवारी चालक र आम नागरिकलाई नमस्कार अभियान सुरु गरेको छ । 

आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको ट्राफिक प्रहरीले जनाएको छ । 

पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा सवारी जाँच गर्दै सो अभियान सुरु गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रेशमबहादुर रानाभाटले जानकारी दिए । 

प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा निर्देशन भइसकेको उनले बताए । ट्राफिक प्रहरीले आमनागरिकमाथि हुने गरेको दुर्व्यवहारको आरोपलाई चिर्दै उनीहरुको आचरणमा फरकपन दिनका लागि यो अभियान सुरू गरेको हो ।