पत्रकारद्वारा कल्याण कोषका लागि आर्थिक सहयोग

पत्रकारद्वारा कल्याण कोषका लागि आर्थिक सहयोग

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १७, २०७७

भोजपुर । नेपाल पत्रकार महासङ्घ भोजपुर शाखामा पत्रकार कल्याण कोष स्थापना गरिएको छ । क्रियाशील पत्रकारको हितका लागि कल्याण कोषको स्थापना गरिएको हो ।

भोजपुरका पत्रकार मोहन तामाङले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासङ्घ भोजपुरद्वारा सञ्चालित उक्त कल्याण कोषमा सहयोग गर्नुभएको छ । जन्मदिनमा गरिने विभिन्न पार्टी, भोजमा फजुल खर्च गर्नुभन्दा पत्रकारकै हितमा कोषका लागि पाँच हजार सहयोग गरेको तामाङले बताउनुभयो । यता नेपाल पत्रकार महासङ्घ भोजपुरका कार्यवाहक अध्यक्ष एक्सन राईले पनि सोही कोषमा १० हजार रकम जम्मा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।