लिदी पहिरोपीडितलाई नौ लाख सहयोग

लिदी पहिरोपीडितलाई नौ लाख सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १७, २०७७

सिन्धुपाल्चोक । गैरआवासीय नेपाली सङ्घ र सिन्धु सोसाइटी अमेरिकाले लिदी पहिरोपीडितका लागि सहयोग गरेका छन् । मङ्गलबार गैरआवासीय नेपाली सङ्घका तर्फबाट  पाँच लाख र सिन्धु सोसाइटीको तर्फबाट रु चार लाख गरी नौ लाख जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई सहयोग हस्तान्तरण गरिएको सिन्धु सोसाइटीका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घका तर्फबाट केन्द्रीय उपाध्यक्ष सोनाम तामाङ र सिन्धु सोसाइटीका स्थानीय प्रतिनिधि छेवाङ शेर्पाले सो रकम हस्तान्तरण गर्नुभएको हो । पहिरोले ३९ घरमा पूर्णरूपमा क्षति पुर्याएको थियो । पहिरोपीडितलाई अहिले सुरक्षित स्थानमा सारिएको छ ।