सुन १२ सयले घट्यो

सुन १२ सयले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १७, २०७७

काठमाडौँ । यो हप्ता लगातार उकालो लागेको सुनको मूल्य आज भदौ १७ गते बुधबार भने घटेको छ । 

आज सुन  १२ सयले घटेको हो । 

सुन १२ सयले घटेर आज ९७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन ९६ हजार ९ सयमा कारोबार भएको थियो । 

आइतबार प्रतितोला तीन सयले बढेर ९७ हजार २ सयमा कारोबार भएको थियो। 

सोमबार पनि सुन ३ सयले बढेको थियो । 

मंगलबार ८ सयले बढेको सुन आज १२ सयले घटेको हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ प्रतितोला पुगेको छ । 

यो मंगलबारको भन्दा ३० रुपैयाँले कम हो ।