खाल्डाखुल्डी पुर्न  ‘जागौँ पोखरा’

खाल्डाखुल्डी पुर्न  ‘जागौँ पोखरा’

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १७, २०७७

पोखरा । पोखराका सडकका खाल्डाखुल्डीले दिनहुँ दुर्घटना निम्त्याइरहेको अवस्थालाई ध्यान दिँदै ‘जागौँ पोखरा’ अभियान खाल्डाहरु पुर्न सक्रिय बनेको छ ।  अभियानका सदस्य यतिबेलामा ट्रकभरि पुरुवा माटो, गेग्य्रानसहित हातमा बेल्चा लिएर खाल्डाखुल्डी पुर्न व्यस्त देखिन्छन् । 

अभियानका संयोजक शिवराज बस्ताकोटीले सडकका कारण दिनहुँ दुर्घटना बढ्न थालेपछि खाल्डाखुल्डी पुर्ने अभियानमा सक्रिय बनेको बताउनुभयो । उहाँले सुन्दर शहरको  बेरुप अवस्थाले पोखरेलीलाई नै लज्जित बनाएको जनाउँदै आफूहरुले सचेत नागरिकको कर्तव्य पूरा गरेको स्पष्ट गर्नुभयो । 
 अभियानकर्मी दीपक आचार्यले सडक जस्ता संवेदनशील क्षेत्रमा राज्य उदासीन भएको आरोप लगाउनुभयो ।

'जनप्रतिनिधि चिल्ला गाडीमा सवार हुन्छन्, सेवासुविधाको भोगचलनमा मात्र अग्रसर हुनेहरुले जनताको सास्ती बुझ्न सकेनन्', आचार्यले भन्नुभयो, “सडकका खाल्डाखुल्डीले दिनहुँ दुर्घटना बढिरहेको छ । यसतर्फ सम्बन्धित निकायको चासो नबढ्नु दुःखद् हो ।' उहाँले एक नागरिकका रुपमा आफूहरु सडकमा आएको र यस कार्यलाई निरन्तरता दिइने बताउनुभयो । 

पोखरा महानगरपालिका योजना महाशाखा प्रमुख वरिष्ठ इञ्जिनीयर शारदामोहन काफ्लेले महानगरले सडक स्तरोन्नतिका लागि काम शुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो 'महानगरले अक्सपाल कंक्रिट ९बाक्ला पिच०का लागि केही क्षेत्र छुट्याएर इलाइट कम्पनीलाई जिम्मा दिइसकेको छ । कोरोना कहरले केही ढिला हुन गएको हो ।' 

काफ्लेका अनुसार करीब  १५ करोड लागतमा पोखराका सभागृह, महेन्द्रपुल, अमरसिंह, पालिखेचोक, पिएन क्याम्पस र  तल्लोदीप क्षेत्रका सडक मर्मतका लागि कम्पनीसँग सम्झौता गरिएको छ ।