काठमाडौँ मेडिकल कलेजले साधारण ओपिडी सेवाको टिकट निःशुल्क उपलब्ध गराउने

काठमाडौँ मेडिकल कलेजले साधारण ओपिडी सेवाको टिकट निःशुल्क उपलब्ध गराउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १७, २०७७

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजले साधारण ओपिडी सेवा लिन आउने बिरामीहरूलाई निःशुल्क टिकट उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएको छ । 

अस्पताल व्यवस्थापनले २०७७ भदौ १७ गते बुधवार एक प्रेस नोट जारी गरी २०७७ भदौ १८ गते बिहीबारदेखि ओपिडी टिकट निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिएको हो । 

अस्पताल व्यवस्थापनले जारी गरेको प्रेस नोटमा भनिएको छ–‘काठमाडौँ मेडिकल कलेजले सामाजिक दायित्व बोध गर्दै सिनामंगल काठमाडौँ तथा दुवाकोट भक्तपुरमा रहेको कलेजको शिक्षण अस्पतालहरूमा साधारण ओपिडी सेवा लिन आउने बिरामीहरूलाई २०७७ भदौ १८ गते बिहीबारदेखि ओपिडी टिकट निःशुल्क गर्ने निर्णय गरेको छ । 

यस अघि काठमाडौँ मेडिकल कलेज साधारण ओपिडी सेवाको टिकट बापत एक सय रुपैयाँ लिँदै आएको थियो ।