बायर्न म्युनिखमा एक सिजन बिताएर बार्सिलोना फर्किए कौटिन्हो

बायर्न म्युनिखमा एक सिजन बिताएर बार्सिलोना फर्किए कौटिन्हो

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १८, २०७७

ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो स्पेनिस क्लब बार्सिलोना फर्किएका छन् ।

जर्मन क्लब बायर्न म्युनिखमा गत सिजन लोनमा आएका कौटिन्हो पुनः स्पेनिस क्लब बार्सिलोना फर्किएका हुन् । २८ वर्षीय कोटिन्होले बायर्नमा एक सिजन रहँदा बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कपको उपाधि जितेका थिए । 

सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएका कोटिन्होले एक सिजन बार्सिलोनामा बिताएर लोनमा बायर्न गएका थिए । 

बार्सिलोनासँग कोटिन्होको सम्झौता अझै ३ वर्ष बाँकी छ ।