पीएसजीका नेयमार र डि मारियासहित ३ खेलाडीमा कोरोना

पीएसजीका नेयमार र डि मारियासहित ३ खेलाडीमा कोरोना

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १८, २०७७

ब्राजिल तथा पीएसजीका स्टार नेयमारसहित पेरिस सेन्ट जर्मेन (पीएसजी) का ३ जना खेलाडीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पीएसजीका फरवार्ड नेयमारसहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरसको संक्रमण देखिएको भएको छ । 

पीएसजीले आफ्ना ३ खेलाडीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको छ ।

पीएसजीले भनेको छ, ‘परीक्षण पश्चात ३ जना खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । र तीनै जना आइसोलेसनमा बसेका छन् ।’

युरोपियन च्याम्पियन्स लिगको उपविजेता बनेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पीएसजीले १० सेप्टेम्बरमा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ ।