सात सयले घट्यो सुनको मूल्य

सात सयले घट्यो सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १८, २०७७

काठमाडाैं । स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले कमी आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा  ७०० रुपैयाँले कमी आई ९६ हजार ५०० रुपैयाँमा कारोवार भएको छ ।

बुधबार छापावाला सुन प्रतितोला  ९७ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुनमा समेत प्रतितोला ७०० रुपैयाँले कमी आएको छ । बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज ९६ हजार रुपैयाँमा कारोवार भएको छ ।

यस्तै चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३४५ रुपैयाँमा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोवार भएको थियो ।