चर्चित अभिनेत्री जयप्रदा भजपामा

चर्चित अभिनेत्री जयप्रदा भजपामा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १२, २०७५

कठमाडौं । १९८० को दशकको चर्चित बलीउड भारतीय अभिनेत्री जयप्रदाले भारतीय जनता पार्टीमा प्रवेश गरेकी छन । 

 पार्टी प्रवेश गर्ने अवसरमा जयप्रदाले भनिन् ‘मैले हृदयबाटै भारतीय जनता पार्टी ‘ज्वाइन’ गरेकी हुँ  । मेरो पूरा जीवन अब भाजपालाई समर्पित छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीको हातमा देश सुरक्षित छ ।’

जयप्रदाले आफ्नो फिल्मी जीवनको सुरुवात दक्षिण भारतबाट गरेर मुम्बई फिल्म इडंस्ट्रीमा आफ्नो अभिनय क्षमताले तहल्का मच्चाएकी थिइन । 

फिल्मी क्यारियर जस्तै जयप्रदाको राजनीतिक जीवनको सुरुवात पनि दक्षिण भारतको तेलगुदेशम पार्टीबाट भएको थियो । यसपछि उनले उत्तर प्रदेशको समाजवादी दलबाट राजनीति गर्न थालिन । उनी कयैन पटक सांसद पनि बनिन । 

भारतीय जनता पार्टीले उनलाई उत्तर प्रदेशको रामपुर क्षेत्रबाट चुनाव लडाउने योजना बनाएको छ ।  रामपुर समाजवादी पार्टीका बलिया मुस्लिम नेता आजम खानको चुनाव क्षेत्र हो । विगतमा जयप्रदा दुईपटक रामपुरबाट सांसद निर्वाचित भइसकेकी छन भने आजम खान पहिलो पटक लोकसभा निर्वाचनमा ओर्लेका छन । 

आजम खान अहिलेसम्म उत्तर प्रदेशको राज्य राजनीतिमा मात्रै सक्रिय रहेका थिए । उनी कैयन पटक विधायक र मन्त्री वनीसकेका छन ।