सीपीएलमा सन्दीप आबद्द जमैकाको खेल नतिजा विहीन

सीपीएलमा सन्दीप आबद्द जमैकाको खेल नतिजा विहीन

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १९, २०७७

क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा जमैका तलाबाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजाबिहीन भएको छ । 

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध रहेको जमैका तलाबाजले खेल रद्द भएपछि एक अंक पाएको छ । 

ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले खेल प्रभावित गरेपछि जमैका र प्याट्रियट्सबीचको खेल नतिजा विहीन बनेको हो । 

टस हारेर प्याट्रियट्सले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । खेल रोकिनु अघि प्याट्रियट्सले ५ ओभर ४ बलमा विना विकेटको क्षतिमा ४६ रन बनाएको थियो । 

जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । प्याट्रियट्स ९ खेलमा ३ अंकका साथ तालिकाको पुछारमा छ ।