वेल्सको विजयी सुरुवात, स्पेन र जर्मनी बराबर

वेल्सको विजयी सुरुवात, स्पेन र जर्मनी बराबर

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ १९, २०७७

नेसन्स लिग फुटबलमा वेल्सले विजयी सूरुवात गरेको छ । गएराति भएको खेलमा वेल्सले फिनल्याण्डलाई १–० ले हराएको हो ।

वेल्सको जितमा किफर मूरले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरे । सिनियर खेलाडीको अनुपस्थितीमा वेल्स युवा खेलाडी सहित फिनल्याण्डबिरुद्ध उत्रिएको थियो ।

चोटका कारण आरोन राम्सी र डेबिड ब्रुक्सले फिनल्याण्डबिरुद्धको खेल गुमाए । समूह बीकै अर्को खेलमा आयरल्याण्ड र बुल्गेरियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

गएराति नै भएको अर्को खलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

खेलको ५१ औं मिनेटमा टिमो वार्नरको गोलमा जर्मनीले अग्रता लिएको थियो । स्पेनले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल गर्दै हारबाट जोगियो । रोड्रिगोको पासमा जोसे गायाले खेलको अन्तिम मिनेटमा स्पेनका लागि बराबरी गोल फर्काएका थिए ।