बाढीपहिराे पीडितको उद्धार र सहयोगका लागि मसालको आग्रह

बाढीपहिराे पीडितको उद्धार र सहयोगका लागि मसालको आग्रह

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १९, २०७७

बागलुङ । नेकपा (मसाल)ले बागलुङको ढोरपाटनमा आएको बाढीपहिराबाट पीडितको उद्धार र सहयोगका लागि सबैलाई अनुरोध गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले बिहीबार विज्ञप्ति जारी गरी  बेपत्ताको खोजतलासमा जोड दिन अनुरोध गर्नुभएको छ  । 

बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बस्तीमा क्षति पुर्‍याएको थियो । केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । आज बिहानसम्म १४  शव भेटिएको छ ।