मकवानपुरमा करेन्ट लागेर मृत्यु

मकवानपुरमा करेन्ट लागेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १९, २०७७

मकवानपुर । घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको  छ  ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर  ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली त्यहाँ पुगेको र  शव परीक्षण गर्न हेटौँडा अस्पताल पठाएको जनाइएको छ  ।