के यी सब दृष्यहरु देखिएका छन् ?

के यी सब दृष्यहरु देखिएका छन् ?

सुशीला शर्मा  |  साहित्य  |  भदौ २०, २०७७

धेरै र थोरैमा गनिएका छन
भोकै बस्नु पर्दैन पनि भनिएका छन् 
सडकमा असरल्ल छन भोका पेटहरु 
के ती आवाजविहिनहरु ठानिएका छन् ?
काम खोज्ने हिजोका सडक मजदूरहरु
आज नि काम खोज्दैछन 
भिडभाड नगर भन्दै सुरक्षाहरु
हात उठाउँदै खेद्दै छन् । 
बुझिन्छ नि कहरहरुमा 
मुखिया कतातिर तानिएका छन । 
के दिग्गजहरुसंग छैन केही मेसो 
सल्लाह,सबै अटाउने समाजको ?
हराए  र अगुवा भनाउने
गरीब अनि मजदूर घरवारको ?
फर्कदै छन रे फेरि प्रवासमा 
अब जे सुकै होस भनी 
साँच्चै गरीबहरुको कुनै 
राज्य हुँदैन, जानिएका छन् । 
जसको चेत आयो भोकालाई खुवाउने 
ती धन्य महान छन । 
अझै स्वाभिमा जगाउन सिमान्तहरुको 
कामको व्यवस्था,स्वाभिमानको मूल्य
सुरक्षा र सहुलियतको जोरजाम 
अब आवाज बुलन्द हुनैपर्ने 
के साँच्चै मानिएका छन् ?