मस्जिदमा आगलागी हुँदा १२ जनाको मृत्यु

मस्जिदमा आगलागी हुँदा १२ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २०, २०७७

बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । 

एयर कन्डिसनरबाट भएको आगलागीको घटनामा परी अन्य दर्जनौ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा आगलागी भएको हो । जलेको तथा प्लाष्टिक सर्जरी सम्वन्धी केन्द्रिय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्र्नुर ।   

उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिएका छन् । घाइते मध्ये अधिकांश ६० देखि ७० वर्ष उमेरका रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो ।

अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सवै आठ ओटै एयर कन्डिसनरमा आगलागी भएको बताएका छन् । 

घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थनाका लागि आएका थिए । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।