चीन र भारतका रक्षामन्त्रीबीच विगतका सहमति कार्यान्वयन गर्ने समझदारी

चीन र भारतका रक्षामन्त्रीबीच विगतका सहमति कार्यान्वयन गर्ने समझदारी

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २०, २०७७

चिनियाँ राज्य परिषदका सदस्य तथा रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसको राजधानी मस्कोमा भेटवार्ता भएको छ । 

चीन र भारतबीच सीमा समस्याका कारण तनाव सिर्जना भइरहेका बेला दुई देशका रक्षा मन्त्रीबीच प्रत्यक्ष विचारहरूको आदानप्रदान भएको बताइएको छ । 

वार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतारेर वार्ता तथा परामर्शद्वारा समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए । 

भेटमा दुई देशका सन्धि तथा सम्झौताको पालना गर्दै अग्रक्षेत्रमा फौजको नियन्त्रणलाई सबल पारेर वर्तमान वास्तविक नियन्त्रण लाइन पार नगर्ने, परिस्थितिलाई नचर्काउने र नकारात्मक सूचना प्रचार नगर्ने विषयमा छलफल भएको थियो । 

दुबै देशा रक्षामनत्रीले दुई देश र क्षेत्रको शान्ति तथा स्थिरताका लागि साझा प्रयासमा वर्तमान घटनालाई कम गर्दै सिमानाको शान्ति तथा स्थिरता कायम राख्नुपर्नेमा जोड दिएका थिए ।