चन्द समूहका थप २१ पक्राउ, प्रहरीसँग गोली हानाहानमा ‘अछाम इन्जार्ज’ घाइते

चन्द समूहका थप २१ पक्राउ, प्रहरीसँग गोली हानाहानमा ‘अछाम इन्जार्ज’ घाइते
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १३, २०७५

काठमाडौं । प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् । 

चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको खबर कान्तिपुर दैनिकमा छ ।