दैनिक २१ घन्टा सञ्चालन भएको विमानस्थल १० घन्टा बन्द

दैनिक २१ घन्टा सञ्चालन भएको विमानस्थल १० घन्टा बन्द
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र १३, २०७५

काठमाडौं । दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए । 

मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी छ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ ।

दैनिक १० घन्टा विमानस्थल बन्द हुँदा करिब २० प्रतिशत उडान कटौती हुने प्रवक्ता तिवारीले बताएको खबर नयाँ पत्रिका दैनिकमा दिवाकर पन्तले लेखेका छन् ।