तोलामा ३ सय घट्यो सुन

तोलामा ३ सय घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २१, २०७७

काठमाडौं । नेपाली बजार केहि दिनदेखी ओरालो लागेको सु्नको मुल्य आज पनि ओरोला लागेको छ । साताको पहिलो दिन आईतबार सुन तोलामा ३ सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको थियो भने साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको महासंघले जनाएको छ ।