धुलोमुक्त हुने भयो काठमाडौं

धुलोमुक्त हुने भयो काठमाडौं
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १३, २०७५

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सडक अब धुलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘ब्रुमर’बाट सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धुलोमुक्त हुने भएको हो । 

यो अभियानसँगै काठमाडौं धुलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’ले धूलो सफा गर्ने देशकै पहिलो महानगरपालिका भएको छ ।  धुलो र धुवाँले महानगरबासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै यहाँको सम्पदामै असर पुगेको थियो । 

महानगरपालिका क्षेत्रभित्रका सडक धुलोमुक्त बनाउने अभियानको सुरूवात मङ्गलबार काडमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गरेको खबर गोरखापत्र दैनिकमा प्रकाशित छ ।