फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प

फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २२, २०७७

एजेन्सी । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । 

युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । 

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।