'एब्स्ट्राक्ट' जीवन

'एब्स्ट्राक्ट' जीवन

चिरन ‘चिदानन्द’  |  साहित्य  |  भदौ २६, २०७७

प्रेममा समर्पित जीवन फर्केर हेर्दा 
मायाको न्यानोपनमा निसास्सिएको बेला
जवानीको बेहोसीमा होस खोजेको अवस्था 
ऊ भित्र म अनि फेरी म भित्र ऊ
जीवनले चोला फेर्दो रहेछ...  
एक घटनाको संयोग होइन रहेछ जीवन 
संयोगै संयोगको अनन्त शृङ्खला हुँदो रहेछ
सुरुवात प्रत्येकको प्रश्नबाट  
अनि अन्त पनि प्रश्नबाटै हुँदो रहेछ 
पूर्णविराममा पुग्छ ऊ....
बाचिन्छ जीवन हिजोलाई पनि 
आज र भोलि त छदैछ नि
सम्बोधन बिनाको सम्बन्धहरुसंगै 
म र ऊ अनि फेरी  ऊ र म
एउटा  निरन्तर यात्रा
एउटा  निरन्तर यात्रा