मुटु भाल्भ प्रभावित भएर हुने माइट्रल रिगर्जिटेसनकाे रोग: परिचयदेखि उपचारसम्म

मुटु भाल्भ प्रभावित भएर हुने माइट्रल रिगर्जिटेसनकाे रोग: परिचयदेखि उपचारसम्म

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  आश्विन ४, २०७७

 माइट्रल, ट्राइकस्पिड, एवर्टिक र पलमोनरी गरी चार वटा भाल्भहरु मुटुमा हुन्छन् । यी भाल्भहरुले अगाडितिर मात्र रगत जान दिन्छन् । रोगग्रस्त भाल्भहरुबाट रगत पछिल्तिर फर्कन सक्छ र यसलाई अंंग्रेजीमा रिगर्जिटेसन भनिन्छ । यो लेखमा माइट्रल रिगर्जिटेसनका विषयमा छलफल गरिने छ ।

 माइट्रल भाल्भलाई रुमाटिक फिवरले रोग ग्रस्त गराएर माइट्रल रिगर्जिटेसन गराउँछ । माइट्रल भाल्भ अगाडि र पछाडिको गरी (Anterior and Posterior) दुईवटा हुन्छन् । रुमाटिक फिवरद्वारा यी भाल्भहरु प्रभावित हुँदा यिनीहरु मोटा हुन्छन् । पछी यिनीहरुमा क्याल्सियम जम्न सक्छ र यिनीहरुको चाल पनि कम भएर जान्छ ।

यस किसिमको माइट्रल रिगर्जिटेसनलाई प्रामरी अर्थात् भाल्भ प्रभावित भएर हुने माइट्रल रिगर्जिटेसन भनिन्छ ।

डाइलेटेड कार्डिमायोपेथी, माइट्रल भाल्भ प्रोल्याप्स, उच्च रक्तचाप र अल्प रक्त प्रवाह हृदयरोगबाट पीडित व्यक्तिहरूको लेफ्ट भेन्ट्रिकल ठुलो भएर हुने माइट्रल रिगर्जिटेसनलाई सेकेण्डरी माइट्रल रिगर्जिटेसन भनिन्छ । प्राइमरी माइट्रल रिगर्जिटेसनमा भाल्भ मर्मत अथवा कृत्रिम भाल्भ प्रत्यारोपण गर्दा फाइदा हुन्छ तर सेकेण्डरी रिगर्जिटेसनमा शल्यक्रिया गर्दा लक्षणहरू नियन्त्रण भए पनि जीवन अवधिमा खासै फरक पर्दैन भन्ने कुरा अनसन्धानहरुले देखाएको छ । 

भाल्भको रोग निदान गर्न एकोकार्डियोग्राफीको ठूलो महत्त्व हुन्छ । यो जाँचले माइट्रल रिगर्डिटेसनको निदान सजिलै गर्न सकिन्छ । हृदयकक्षहरुको साइज, माइट्रल रिगर्जिटेसनको गम्भीरता, मुटुको कक्ष भित्र रगत जमेको, पलमोनरी आर्टरी र लेफ्ट एट्रियमको सिस्टोलिक प्रेसर एकोकार्डियोग्राफीद्वारा थाहा पाउन सकिन्छ ।

फ्यारिनजाइटिस अथवा घाँटी दुखेर ज्वरो आउने रोग भएका करिब ३ प्रतिशत केटाकेटीहरूलाई रुमाटिक फिवर हुन्छ । रुमाटिक फीवरमा मुटु प्रभावित भएका (Cordites) करिब ५० प्रतिशतलाई मात्र मुटुका भाल्भहरुको रोग लाग्छ ।

 माइट्रल रिगर्जिटेसन हुनेहरुको भाल्भहरु जीवाणुद्वारा सङ्क्रमित हुने सम्भावना हुन्छ  । तीव्र हृदय गति, थकावट, गोडा सुन्निनु र सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखा पर्न सक्छन् । सुरुमा धेरे परिश्रम गर्दा सास फुल्छ भने पछि आराम गरिरहेको अवस्थामा पनि सास फुल्छ । सुत्न गएको केही समयपछि सास फुल्नु अर्को एउटा मुख्य लक्षण हो

माइट्रल रिगर्जिटेसन भएका बिरामीहरूलाई जाँचेर चिकित्सकहरूले यो रोगको निदान गर्न सक्छन् । सफ्ट पहिलो हार्टसाउण्ड तेस्रो हार्टसाउण्ड र म माइट्रल एरियामा सिस्टोलिक मरमर यो रोगमा सुन्न सकिन्छ । माइट्रल रिगर्जिटेसनमा निम्न प्रकारका जाँचहरू गर्नु पर्छ । विशेष परिस्थितिमा चिकित्सकको सल्लाह अनुसार विशेष किसिमका जाँचहरू पनि गर्नु पर्ने हुन्छ ।

 १. नियमित गरिने रगत र पिसाबको जाँच
२. छातीको एकसरे
३. इ सी जी
४. एकोकार्डियोग्राफी

माइट्रल रिगर्जिटेसन भएका व्यक्तिहरूलाई अन्य प्रकारका रोगहरू पनि हुने सम्भावना हुन्छ । रगत जाँचेर रक्तअलपता, चिनी रोग मिर्गौला रोग, थाइरायड ग्रंथीका रोग, कोलेस्ट्रोल र ट्राइग्लिसेरायड ज्यादा भएको पत्ता लगाउन सकिन्छ । रुमाटिक फिवरमा गरिने रक्तजाँच पनि गर्नु बुद्धिमानी हो ।

छातीको एक्सनेले मुटु फुलेको भल्भमा क्याल्सियम जमेको र फोक्सोमा तरल पदार्थ पसेर हुने पलमोनरी इडिमा नामक रोगको निदानमा मद्दत गर्छ । ईसीजीद्वारा मुटु फुलेको र हृदयगति एट्रियल फिव्रिलेसन हुनेहरूलाई लेफ्ट एट्रियममा जमेको रगत मस्तिष्कमा पुगेर पक्षाघात हुने सम्भावना हुन्छ । पक्षाघात हुन नदिन रगत पातलो पार्ने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।

भाल्भको रोग निदान गर्न एकोकार्डियोग्राफीको ठूलो महत्त्व हुन्छ । यो जाँचले माइट्रल रिगर्डिटेसनको निदान सजिलै गर्न सकिन्छ । हृदयकक्षहरुको साइज, माइट्रल रिगर्जिटेसनको गम्भीरता, मुटुको कक्ष भित्र रगत जमेको, पलमोनरी आर्टरी र लेफ्ट एट्रियमको सिस्टोलिक प्रेसर एकोकार्डियोग्राफीद्वारा थाहा पाउन सकिन्छ ।

लेफ्ट एट्रियमको प्रेसर बढेर सास फेर्न गाह्रो हुने पल्मोनरी इडिमा नामक रोग हुन सक्छ । कन्टिनुअस वेभ डप्लरले माइट्रल भाल्भको प्रेसर ग्रेडियन्ट देखाउँछ । यो प्रेसर ग्रेडियन्टलाई सिस्टोलिक ब्लड प्रेसरबाट घटाउँदा लेफ्ट एट्रिएमको सिस्टेलिक प्रेसर आउँछ ।

लेफ्ट एट्रियमको सिस्टोलिक प्रेसर ३० मिलिमिटर मर्करी भन्दा ज्यादा भयो भने पल्मोनरी ईडिमा हुन सक्छ । कलर डप्लरले  माइट्रल रिगर्जिटेसनको गम्भीरता देखाउन सक्छ

एकोकार्डियोग्राफी मुटुको भाल्भको आवश्यक सबै प्रकारका जानकारी दिने अत्यन्तै उपयोगी जाँच हो भन्न अत्युक्ति नहोला । 

माइट्रल रिगर्जिटेसनको उपचार

माइट्रल रिगर्जिटेसन भएको बिरामीहरूलाई दुई किसिमले उपचार गर्न सकिन्छ । अधिकांश बिरामीहरूलाई धेरै समयसम्म औषधिहरू प्रयोग गरेर उपचार गर्न सकिन्छ

माइट्रल भाल्भ रिपियर अथवा कृत्रिम भाल्भ प्रत्यारोपण गरेर गरिने अर्को उपचार हो । शल्यक्रिया गर्ने बेला नआइकन शल्यक्रिया गराउनु बुद्धिमानी होइन । शल्यक्रिया गराउँदा यसका आफ्नै अवाञ्छनीय प्रभावहरू आउन सक्छन् । शल्यक्रिया गराउनु पर्ने बेला भइसके पछि भने शल्यक्रिया गराउनु पर्छ किनकि शल्यक्रिया गराउँदा धेरै फाइदा हुन्छ

यस रोगका विशेषज्ञहरूले अनुसन्धानहरूको आधारमा कुन बेला भाल्भ फेर्दा फाइदा हुन्छ भन्ने कुरा निश्चित गरेका छन् । कुन बेला भाल्भ फेर्नु पर्छ भन्ने कुराको जानकारी बिरामी र चिकित्सकले थाहा पाइराख्नु राम्रो कुरा हो ।

औषधिहरूद्वारा उपचार

१. भाल्भहरुको सङ्क्रमण हुन नदिन ४० वर्ष उमेर नपुगुन्जेल वेञ्जाथिन पेन्सिलिनको सुई प्रत्येक तीन हप्तामा दिनु पर्छ । पेनिसिलिनको सुई लगाउनु अगाडि छालाको जाँच गर्नु पर्छ । पेनिसिलिनको एलर्जी हुनेहरूलाई इरिथ्रोमसिन अथवा एजिथ्रोमासिन खान दिन सकिन्छ ।

२. आवश्यक परेमा इनलाप्रिल,लिसानोप्रिल अथवा लोसार्टनलाई प्रयोग गर्न सकिन्छ । 

३. पिसाब लगाउने औषधिको आवश्यक पर्न सक्छ ।

४. एट्रियल फिब्रिलेसन भएमा रगत पातलो पर्ने वाफरिन प्रयोग गरिन्छ । आस्परिन र क्लोपीडोग्रेल पनि दिनु पर्ने हुन्छ ।

५. तीब्र हृदयगती नियन्त्रण गर्न विटाक्लकर समूहका औषधि, भेरापामिल, डिल्टाएजिम अथवा डिजोक्सिन प्रयोग गर्न सकिन्छ ।

 ६. अन्य रोगहरू भएमा आवश्यक पर्ने औषधिहरूको प्रयोग गर्नु पर्ने हुन्छ ।

७. कृत्रिम भाल्भ प्रत्यारोपणपछि आजीवन रगत पातलो पार्ने वाफरिन नामक औषधि प्रयोग गर्नुपर्छ । टिसु भाल्भ प्रत्यारोपण गर्नेहरूले भने रगत पातलो पार्ने औषधि प्रयोग गर्नु पर्दैन । यी भाल्भहरुलाई वायोप्रोस्थेटिक भाल्भ पनि भनिन्छ ।

यिनीहरूलाई सुँगुरको मुटुको भाल्भ अथवा गाइको पेरिकार्डियमबाट बनाइन्छ र यिनीहरूले १० देखि १५ वर्षसम्म काम गर्न सक्छन् । यस किसिमको भाल्भ वृद्धावस्थाका बिरामीहरूमा प्रत्यारोपण गर्नु बुद्धिमानी हुन्छ । 

शल्य चिकित्सा

अपरेसनद्वारा गरिने माइट्रल भाल्भ रिगर्जिटेसनको उपचार माइट्रल भाल्भ मर्मत (Repair) अथवा कृत्रिम भाल्भ प्रत्यारोपण गरेर गरिन्छ ।

कस्तो किसिमको माइट्रल रिगर्जिटेसनमा भाल्भ मर्मत अथवा कृत्रिम भाल्भ प्रत्यारोपण गर्नु पर्छ भन्ने विषयमा विशेषज्ञहरूले निर्देशिका निकालेका छन् ।  यिनै निर्देशिका अनुसार भाल्भ प्रत्यारोपण अथवा भाल्भ मर्मत गर्नुपर्छ ।

 कुन बेला कस्तो भाल्भलाई फेर्नु पर्ने हुन्छ भन्ने कुरामा छलफल गर्नु अगाडि कस्तो खालको माइट्रल रिगर्जिटेसनलाई गम्भीर किसिमको (Severe) भन्नु पर्छ भन्ने कुराको जानकारी आवश्यक हुन्छ ।एकोकार्डियोग्राफी जाँचले गम्भीर किसिमको माइट्रल रिगर्जिटेसनमा निम्न कुरा देखाउँछ ।

१. भेनाकन्ट्रयाक्टा ७ अथवा ज्यादा मिलिमिटर

२. रिगार्जिटेण्ट भोलुममा ६० अथवा ज्यादा मिलिमिटर 

३. रिगर्जिटेण्ट फ्राक्सन ५० अथवा पर्याप्त प्रतिशत

४. इफेक्टिभ रिगर्जिटेण्ट अरिफिस

५. लेफ्ट भेण्ट्रिकलको सिस्टोलिक डायमिटर-४० अथवा  ज्यादा मिलिमिटर

 ६. कलर डप्लरले माइट्रल रिगर्जिटेसन मामुलीखालको हो वा गम्भिर किसिमको हो भन्ने कुरा छुट्याउन सक्छ ।

यी उल्लेखित जाँचहरू  एकोकार्डियोग्राफिद्वारा गर्न सकिन्छ । कडा किसिमको माइट्रल रिगर्जिटेसन भन्न माथि उल्लेख गरिएका कुनै एक नतिजामा आधारित हुनु हुदैंन । सबै नतिजाहरूलाई हेरेर माइट्रल रिगर्जिटेसन कडा भए नभएको कुराको निश्चित गर्नुपर्छ ।

निम्न किसिमको माइट्रल रिगर्जिटेसनमा भल्भ प्रत्यारोपण गर्नु पर्ने हुन्छ ।भाल्भ रिसियर गर्न सकिने अवस्थामा भाल्भ रिपियर गराउनु राम्रो हो । भाल्भ फेरेपछि आजीवन रगत पातलो पार्ने औषधि प्रयोग गर्नु पर्छ भने भाल्भ रिपियर पछि रगत पातलो पार्ने औषधिको आवश्यकता पर्दैन ।

 १. लक्षण भएको, गम्भीर (Severe) खालको लेफ्ट भेन्ट्रिकलको इजेक्सन फ्रेयाक्सन ३० प्रतिशत भन्दा ज्यादा भएको माइट्रल रिगर्जिटेसनमा भाल्भ प्रत्यारोपण गर्नु पर्छ (I-B) । 

२. लक्षण नभएको लेफ्ट भेण्ट्रिकलको सिस्टोलिक इजेक्सन फ्र्याक्सन ३०—६० प्रतिशत भएको गम्भिर (Severe)  खालको र लेफ्ट भेट्रिकलको सस्टिोलिक डाएमिटर ४० अथवा यो भन्दा ज्यादा भएको माइट्रल रिगर्जिटेसनमा पनि कृत्रिम भाल्भ फेर्न सकिन्छ (I-B)

३. अन्य मुटुरोको शल्यक्रिया गर्दा लक्षण नभएका गम्भीर माइट्रल रिगर्जिटेसनमा भाल्भ रिपिएर अथवा भाल्भ प्रत्यारोपण गर्न सकिन्छ  (I-B)

४. लक्षण नभएको, लेफ्ट भोण्ट्रिकलको इजेक्स फ्र्याक्सन ६० प्रतिशत भन्दा ज्यादा भएको,लेफ्ट भेण्ट्रिकलको सिस्टोलिक डायमिटर ४० मिलीमिटर भन्दा कम भएको गम्भीर खाले माइट्रल रिगर्जिटेसनमा एट्रियल फिब्रिलेसन अथवा पल्मोनरी आर्टरी सिस्टोलिक पे्रसर  ५० मिलिमिटर मर्करी भन्दा ज्यादा भएमा माइट्रल भाल्भ मर्मत गराउने सल्लाह दिइन्छ  (II a-B)। 

५. उक्त किसिमको माइट्रल रिगर्जिटेसनमा लेफ्ट भेण्ट्रिकलको साइज काढ्दै र लेफ्ट भेण्ट्रिकलको इजेक्सन फ्याक्सन घट्दै गएमा पन िभाल्भ प्रत्यारोपण गर्न सकिन्छ (IIaC-LD) ।

माथि उल्लेख गरिएका माइट्रल भाल्भ रिपियर र भाल्भ फेर्ने कुरा सन २०१९ मा अमेरिकन हार्ट एसोसियसन अफ अमेरिकन कार्डियोलोजी कलेजले प्रस्तुत गरेको निर्देशिकामा आधारित छ ।

विशेषज्ञहरुले प्रकाशन गरेको अनुसन्धानका आधारमा समय समयमा कृतिम भाल्भ प्रत्यारोपण सम्बन्धी गाइडलाइनहरू निकालिन्छ । चिकित्सकहरूले यिनै गाइडलाइनका आधारमा बिरामीको उपचार गर्नुपर्छ ।